• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

टेलिकमको प्रबन्ध निर्देशकमा संगीतालाई ल्याउन कानुन संशोधनको तयारी, डिल्लीलाई जस्तै भित्र्याउने खेल


  •   मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
  • काठमाडौं । संगीता पहाडीलाई सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउन उनलाई सुहाउँदो गरी कानुन बनाउने खेल सुरु भएको छ ।

    Advertisement

    यसअघि गोकुल बाँस्कोटा सूचना तथा सञ्चार प्रविधिमन्त्री हुँदा पनि हालका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई मिल्ने गरी कानुन बनाइएको थियो । अहिले पनि पहाडीलाई प्रबन्ध निर्देशक बनाउने गरी कानुन बनाउन मन्त्रालय जुटेको खुलेको छ । अधिकारीको पदावधि आगामी पुस २२ गते सकिँदैछ ।

    नयाँ प्रबन्ध निर्देशकका लागि नेपाल टेलिकमले यसै साता विज्ञापन खुलाउने भएको छ । यसका लागि मन्त्रालयले पहाडीलाई मिल्ने गरी कानुन बनाउने तयारी सुरु भएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

    ‘हरेक पटक आफू अनुकूल व्यक्तिलाई ल्याउने गरी कानुन संशोधन भइरहेको छ । यसअघि पनि अधिकारीलाई त्यसैगरी प्रबन्ध निर्देशक बनाइएको थियो,’ ती अधिकारीले क्यापिटल नेपालसँग भने, ‘अहिले पनि संगीता पहाडीलाई हेरेर कानुन निर्माणको तयारी भइरहेको छ ।’ उनी हाल टेलिकमको चिफ कमर्सियल अफिसर हुन् ।

    देशको सबैभन्दा धेरै प्रयोगकर्ता भएको पहिलो र ठूलो सरकारी स्वामित्वको दूरसञ्चार कम्पनीको आगामी नेतृत्व सम्हाल्न प्रबन्ध निर्देशक पदका लागि धेरै इच्छुक छन् । तर, प्रबन्ध निर्देशक पदका लागि छनौट हुने आकांक्षीले मन्त्रालयले बनाएका विभिन्न मापदण्ड पूरा गर्नुपर्छ । मापदण्ड पहाडीलाई मिल्ने गरी मात्रै बनाइँदै छ ।

    टेलिकम भित्रका कर्मचारीको हकमा मन्त्रालयको पुरानो मापदण्डअनुसार इच्छुकले तीन वर्षसम्म कम्पनीको व्यवस्थापक भएर फस्ट क्लास अफिसरको रुपमा काम गरेको हुनुपर्नेछ । १०औं तहमा पुगेका कर्मचारीले मात्र प्रबन्ध निर्देशक पदका लागि दरखास्त दिन पाउने छन् । यी सम्पूर्ण मापदण्ड पूरा गरेपछि जुनसुकै कर्मचारीले पदका लागि दरखास्त दिन सक्ने छन् । डिल्ली अधिकारीलाइ ल्याउँदा कम्प्यूटर इन्जिनियर तथा कम्युनिकेसन इन्जिनियर बाहेक अन्यको दर्खास्त मान्य नहुने कानुन बनाइएकाे थियाे । १० औं तहमा समय तोकिएको थिएन । अहिलेकाे नियममा कम्प्यूटर इन्जिनियर तथा कम्युनिकेसन इन्जिनियर हुनुपर्ने हटाइएकाे छ । १० औं तह अावश्यक भए पनि ५ वर्ष काम गरेकाे अनुभव हुनुपर्ने बनाइएकाे छ । पहाडी १० औं तहमा पुगेर काम गरेकाे पाँच वर्ष भइसकेकाे छ ।  डिल्ली अधिकारी १० औं तहमा भए पनि काम गरेकाे पाँच वर्ष नपुगेकाले त्याे बेला अनुभवकाे सीमा राखिएकाे  थिएन ।

    टेलिकमकाे प्रबन्ध पत्रमा प्रबन्ध निर्देशकको नियूक्ति  र सेवा सूबिधा सम्बन्धी शर्तहरु नेपाल सरकार मन्त्रीपरिषदबाट स्वीकृत निर्देशिकामा उल्लेख गरे बमोजिम हूने भन्ने उल्लेख छ । त्यही भएर अहिले सरकारले व्यक्तिलाइ हेरेर निर्देशिका बनाउन लागेकाे हाे ।

    यसअघि २०७५ पुसमा भएको प्रबन्ध निर्देशकको प्रतिस्पर्धामा पनि पहाडीको उम्मेदवारी थियो । हालको व्यवस्थाअनुसार प्रबन्ध निर्देशक पदका लागि सम्पूर्ण मापदण्ड पूरा गरेको आफू एकजना मात्र वरिष्ठ कर्मचारी रहेको संगीता बताउँछिन् ।

    तर, टेलिकमको प्रबन्ध निर्देशक पदका आकांक्षीका लागि आवश्यक अर्को नयाँ मापदण्ड मन्त्रिपरिषद्ले भर्खरै पास गरेको हुँदा नयाँमा के कस्तो व्यवस्था छ त्यो टेलिकमलाई पनि जानकारी छैन ।

    ‘टेलिकमको एमडीका लागि नयाँ क्राइटेरिया भर्खरै मन्त्रिपरिषद्ले पास गरेको छ । त्यो बाहिर नआएको कारण कसकसले अप्लाई गर्न मिल्छ भन्ने कुरा निश्चित भइसकेको छैन । भ्याकेन्सी गोरखापत्रमा निस्किएपछि कसकसले अप्लाइ गर्न पाउँछ भनेर थाहा हुन्छ’, स्रोतले भन्यो ।

    मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.