काठमाडौं, २१ मंसिर । अटोमोबाईल्स व्यवसायीको छाता संस्था नाडाको यही मंसिर २२ र २३ गते द सोल्टी होटल काठमाडाैंमा हुने अधिवेशनमा आफनाे पक्षमा जित हासिल गर्न अध्यक्ष पदका उम्मेदवार ध्रुब थापाकाे समुहले चुनावी भेटघाटलाइ तिब्र बनाएकाे छ । चुनावी प्रचारकाे घरदैलाे गर्ने क्रममा थापा समुहलाइ ब्यबसायीले देखाएकाे उत्साह हेर्दा अधिवेशनमा थापा समुहकाे जीत हुने देखिएको छ।
अध्यक्ष पदकाे चुनावी दौडमा अटोमोबाईल्सका क्षेत्रमा सफल व्यवसायीकाे छबी बनाएका ध्रुब थापा र चौधरी ग्रुपका करण चौधरी छन्।नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अटोमोबाईल्स सम्बन्धि व्यवसाय गरेर बसेका सबै व्यवसायीहरुसंगैं गएर भेटघाट गर्ने र उनीहरुको समस्या सुनेर त्यसको समाधान गर्ने थापाले प्रतिबद्धता जनाएका छन्।
चुनाव प्रचारप्रसारका लागि गरिएको मोबाईल म्यासेजमा आफ्नो व्यक्तिगत मोबाईल नम्बर समेत दिएर थापाले व्यवसायीकाे मन जितिरहेका छन्। जुनसुकै व्यवसायीले समस्या परेमा मसँग सिधै फोनमा कुरा गर्न सक्छन् र आफ्ना समस्या राख्न सक्छन्, थापाले भने। तर करण चौधरीसंग केहि उच्च घरानाका व्यवसायी बाहेक अन्य व्यवसायीले सम्बन्ध स्थापना गर्नसक्ने अवस्था छैन। करण चौधरीको सचिवालयबाट चुनावको लागि प्रतिनिधि व्यवसायीलाई मत माग्न गरिने टेलीफोनमा समेत उनका कर्मचारीले कुरागर्ने गरेका छन्।
