• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

ग्लोबल टेन्डरमा नेपाली कम्पनीले पनि प्रतिस्पर्धा गरिरहेका छन्: श्वेता खड्का


  •   शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित
  • काठमाडौं । कोरोनाको विषम परिस्थिति छिचोल्दै पछिल्लो समय निर्माण क्षेत्र सक्रिय हुन थालेको छ । पूर्वधार विकासका थुप्रै योजनासहित निजी क्षेत्रले बनाउने हाइराइज बिल्डिङ निर्माणले पनि तीव्रता लिन थालेको छ । यसलाई सुखद खबर नै मान्नुपर्छ ।

    Advertisement

    केही वर्षअघिसम्म विदेशमा बढी र नेपालमा यदाकदा मात्रै देखिन्थे हाइराइज बिल्डिङ । तर, समयले मारेको फड्कोसँगै नेपालमा पनि त्यस्ता बिल्डिङ निर्माण हुन थालेका छन् । काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा यस्ता संरचना निर्माण भइरहेका छन् । घरायसी प्रयोजनका लागि निर्माण हुने घरमा समेत इन्टेरियरको सजावट अनिवार्यजस्तै बनिसकेको छ । यसले अब व्यावसायिक भवनमा मात्र इन्टेरियको काम हुन्छ भन्ने भ्रमलाई चिरेको छ ।

    इन्टेरियरका लागि आवश्यक स्टक्चरसम्बन्धी सामग्री नेपालमै उपलब्ध छन् । तर, फिनिसिङका लागि भने ती सामग्री नेपालमा अझै पनि सहज रूपमा उपलब्ध हुन सकिरहेका छैनन् । यो समस्याको समाधान भनेको नेपालमै आवश्यक उद्योगहरु स्थापना गर्ने हो । त्यो बेला आइसकेको छ ।

    अहिले बिल्डिङको फेसमा लगाउने फिटिङ लगायतका सामग्री मल्टिनेसनल कम्पनीबाट आयात गरिरहेका छौं । मागको आधारमा फ्रान्स, चीन र भारत लगाएतका मुलुकबाट ती सामग्री ल्याइन्छ । यस्तै आवश्यक फर्निचर, लाइट, विश्वप्रसिद्ध कम्पनीबाट ल्याइन्छ । पाँचतारे होटल, विशेष गरी चेन होटलमा यस्ता सामानको आवश्यकता पर्छ । उनीहरूको मापदण्डलाई पूरा गर्न पनि विश्वप्रसिद्ध सामान राख्नु अनिवार्यजस्तै हुन्छ । ती सामान यहाँ उपलब्ध नहुँदा आफैं गएरसमेत ल्याएका छौं ।

    पहिले नेपालमा हाइराइज बिल्डिङ बन्दा फोटो, भिडियो खिच्नेको लर्को लाग्थ्यो । त्यो अहिले पनि नभएको होइन । केही महिनाअघि इटहरीमा भाटभटेनीको शाखा सञ्चालनमा आउँदा भाइरल नै भएको थियो ।

    हाइराइज बिल्डिङले सहरको सुन्दरता थप्नुको साथै बिजनेस एरिया पनि छुट्याउँदै लगेको छ । बिस्तारै खुद्रा बजारलाई व्यवस्थित गर्दै कम्प्लेक्सतर्फ उपभोक्ताको ध्यान खिचिनुलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ ।

    पछिल्लो समय निर्माण क्षेत्र र त्यसमा पनि इन्टेरियर क्षेत्रमा प्रतिस्पर्धा नै सुरू भएको छ । यही क्षेत्रमा ५÷६ वर्षअघिसम्म प्रतिस्पर्धा कम थियो । काम अनुसारको प्रतिफल राम्रो पाइन्थ्यो । गुणस्तरीय काम अनुसारको पारिश्रमिक तोक्न पाइन्थ्यो । तर, आजभोलि प्रतिस्पर्धा अस्वस्थ हुँदै गएको छ ।

    प्रतिस्पर्धीले सस्तोमा टेन्डर पार्ने र गुणस्तरहीन काम गर्ने भएकाले पनि बजारमा नकरात्मक प्रभाव पर्न थालेको छ । जसका कारण लामो समयदेखि यही क्षेत्रमा काम गर्दै आएका कम्पनी समस्यामा परेका छन् । कतिपय पुराना कम्पनी पलायन हुने अवस्थामा पुगेका छन् ।

    बाहिरबाट ल्याउनुपर्ने सामान पहिले ४० देखि ४५ दिनमा आइपुग्थ्यो । तर, अहिले तीन महिनासम्म पनि सामान आउँदैन । यसले गर्दा निर्माण क्षेत्रमा ठूलो समस्या आउँछ । लामो समयसम्म सामान पर्खिंदा एकातिर लागत बढ्ने र अर्कोतिर समय पनि लम्बिन जान्छ । यसले थप समस्या निम्ताउने गरेको छ ।

    यस्तै कोभिडले गर्दा अन्तर्राष्ट्रिय बजारमा सामानको हाहाकार भएको छ भने ढुवानीका लागि महिनौं लाग्ने गरेको छ । साथै दक्ष जनशक्तिहरू सहरबाट बिस्तारै पलायन हुन थालेका छन् । कति आफ्नै गाउँघर फर्किएर आफ्नै व्यवसाय थालेकाछन् । विदेशी नागरिक आफ्नै मुलुकमा फर्किने क्रम बढ्दो छ । यसले बिजनेस म्यानेजमेन्टमै प्रभाव परेको छ ।

    पछिल्लो समय काठमाडौं उपत्यकाभित्र विभिन्न चेन होटल निर्माणको क्रमले इन्टेरियर क्षेत्रमा उत्साह थपिदिएको छ । विदेशी ब्रान्ड र सोही डिजाइनअनुसार काम गर्नुपर्ने भएकाले त्यस्तो बेला केही चुनौती मोल्नुपर्ने हुन्छ । तर, चुनौतीले सिक्ने अवसर दिएको छ । नयाँ प्रविधिबारे पनि थाहा हुन्छ । यसबाट नेपाली इन्टेरियर कम्पनीलाई पनि थप सहज भएको छ । प्रतिस्पर्धी बजारमा आफूलाई चुस्त बनाउन र नयाँनयाँ डिजाइन भित्र्याउन सहयोग पुर्याएको छ ।

    नेपालमा निर्माण हुने पाँचतारे चेन होटलको इन्टेरियर काम गर्न लागि ग्लोबल टेन्डरमा नेपाली कम्पनीले पनि प्रतिस्पर्धा गरिरहेका छन् । विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्न अब नेपाली कम्पनी पनि सक्षम भइसकेका छन् भन्ने सन्देश गएको छ । आवश्यक प्रविधिदेखि दक्ष जनशक्ति हुँदै त्यसमा आवश्यक पर्ने सामग्रीहरु नेपालमा ल्याएर अहिले काम भइरहेको छ ।

    इन्टेरियर डिजाइन र त्यससम्बन्धी काम गर्ने भनेर बजारमा थुप्रै विज्ञापन देखिन थालेका छन् । ग्राहक पनि सस्तो शुल्क भनेर लोभिएको देखिएको छ । तर, यसरी लोभिँदा गुणस्तरहीन काम हुन्छ र त्यसले पछि अर्को झन् खर्चिलो काम ल्याउँछ भन्ने बिर्सेका छन् । त्यसैले सस्तो र प्रचारको पछि लाग्नुभन्दा स्थापित र अनुभवी कम्पनीबाट काम गराउनु ठीक हुन्छ ।

    नेपालमा इन्टेरियरको ट्रेन्ड भित्रिएको धेरै भएको छैन । काम चलाउने तरिकाले अफिस सेटअप गरिन्थ्यो । तर, अहिले सानोभन्दा सानो बिजनेसमा पनि इन्टेरियर डिजाइन गरी अफिसदेखि बिजनेस हाउस सजावट गर्ने चलन आएको छ । सोही कारण इन्टेरियर डिजाइनर, इन्जिनियर र सम्बन्धित क्षेत्रमा काम गर्ने जनशक्तिहरु व्यस्त हुन थालेका छन् ।

    गुणस्तरीय कामका लागि देख्नु र सिकेर गर्नुमा धेरै फरक पर्छ । त्यसका लागि कम्पनीले विगतमा गरेका कामहरुको विषयमा समेत अध्ययन गर्न जरूरी छ । इन्टेरियर क्षेत्रमा लागेकालाई पनि अरुको लहैलहैमा काम गर्नुभन्दा आफैं सिकेर गर्दा त्यसको प्रतिफल राम्रो र दिगो हुन्छ ।

    खड्का, एमआरएस एन्ड इन्जिनियरिङ प्रालिका प्रबन्ध निर्देशक हुन् ।

    शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शब ब्यवस्थापनमा स्वयंसेवकको रुपमा खटिदा गर्दा जे देखेँ र भोगेँ, त्यो जीवनभर बिर्सन सक्दिनँ।
    ६५५ मत पाएका ऋषि धमलाको चुनावी खर्च १२ लाख ६५ हजार
    बालेन पत्नी सबिना झापा-५ मा चुनावी प्रचारमा
    काँग्रेसका १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यको निर्वाचन हुने
    प्रधानमन्त्री कार्कीले भनिन्: दिल्ली विस्फोटबाट स्तब्ध छु, दु:खको घडीमा नेपाल भारतको साथमा छ
    शंकर पोखरेलको घरबाट डेराको यात्राको अनुभूती

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.