काठमाडौं – स्पेनिस क्लब भिल्लारियल यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।
बिहीबार राति भएको खेलमा इटालियन क्लब एटलान्टालाई उसकै मैदानमा ३-२ अन्तरले पराजित गर्दै भिल्लारियल समूह ‘एफ’ को उपविजेताको रुपमा नक आउटमा स्थान बनाएको हो ।
यसै समूहबाट म्यानचेष्टर युनाईटेड विजेताको रुपमा अघिल्लो चरणमा स्थान बनायो । भिल्लारियलको जितमा अर्नाउट डानजुमादे दुई तथा इटिन कापोइले एक गोल गरे । पराजित एटलान्टाका रुस्लान मालिनोभ्स्की र डुभान जापटाले गोल गरे ।
लेस्टर नक आउटमा – इटालियन क्लब नेपोली युरोपा लिगको अन्तिम १६ मा स्थान बनाएको छ । बिहीबार राति इंग्लिस क्लब लेस्टर सिटीलाई ३-२ अन्तरले पराजित गर्दै नेपोली नक आउटमा प्रवेश गरेको हो ।
समूह सी बाट स्पारटाक मस्को विजेता बन्दा नेपोली उपविजेतको रुपमा अघिल्लो चरणमा स्थान बनायो ।
