• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

को हुन् कांग्रेसको नेतृत्व लिन मैदानमा होमिएका शेखर कोइराला ?


  •   आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित
  • काठमाडौं । राणा, शाहपछि नेपालको राजकाज र शासन व्यवस्थामा कोइराला परिवार अग्रपंक्तिमा आउँछ। त्यही परिवारमा २००७ सालमा विराटनगरमा जन्मेका थिए शेखर कोइराला। २०४६ को राजनीतिक परिर्वतनपछि उनले विस्तारै चिकित्सा पेसालाई पाखा लगाउँदै उनी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरे।

    Advertisement

    पार्टीको मूल नेतृत्वमा मात्र होइन मुलुककै नेतृत्वमा पुग्ने लक्ष्यसहित पछिल्लो दशकमा सक्रिय शेखरको राजनीतिक यात्रा स्वाभाविक मानिए पनि राजनीतिक सिँढी चढ्ने सघर्ष जारी छ। हजुरबुबा कृष्णप्रसादले स्थापना गरेको विराटनगरको आदर्श स्कुलमा कक्षा ५ को परीक्षा दिएपछि २०१६ सालमा शेखर काठमाडौं आएका थिए।

    कांग्रेसका संस्थापक नेता एवं शेखरका ठूलोबुबा बिपी कोइराला प्रधानमन्त्री भएकै बेला विराटनगरबाट काठमाडौं झरे। पहिलोपटक काठमाडौं आएका शेखर त्रिपुरेश्वरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसे। उनी त्यसबेला आफ्नो गलाको अपरेसन गराउन आएका थिए। २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले बीपी कोइराला नेतृत्व जननिर्वाचित सरकार बर्खास्त गर्दा शेखर अस्पतालमा अपरेसन गरेपछिको तन्द्रामा थिए। घाँटीमा समस्या देखिएपछि सानेपास्थित शान्तभवन अस्पतालमा उनले शल्यक्रिया गरेर बसेका थिए।

    विराटनगरकै आदर्श हाइस्कुलबाट शेखरले विद्यालय शिक्षा पूरा गरे। मोरंग क्याम्पसमा आइएस्सी अध्ययनका लागि भर्ना भए। उच्च शिक्षा मात्र होइन विद्यालय शिक्षा पनि कोइराला परिवारका अन्य सदस्यले देश वा नभए पनि मोरङ बाहिरबाट लिएको भए पनि शेखरले मोरङ छोडेनन्न्। आइएस्सी अध्ययनकै क्रममा त्रि–चन्द्र कलेजमा अध्ययनरत छात्रामाथि नेपाल प्रहरीका डिआइजी नारद सिंहले अभद्र व्यवहार गरेको भन्दै त्यसविरुद्ध देशभरि प्रदर्शन भयो। जसलाई नारद सिंह काण्ड भनेर अहिले पनि चर्चामा छ।

    त्यसक्रममा शेखरसहितका विद्यार्थीले विराटनगर स्थित मोरङ क्याम्पसमा आन्दोलन चर्काए। त्यसबेला शेखर राजनीतिको मैदानमा उत्रिए। त्यसपछि पञ्चायत कालमा एकाएक मोरङ कलेज अगाडि महेन्द्र थपेर कलेजको नाम ‘महेन्द्र मोरङ’ कलेज राखियो। त्यसबेला पनि विद्यार्थी आन्दोलनमा होमिए, त्यसमा शेखर अग्रपंक्तिमा थिए, उनलाई प्रहरीले गिरफ्तार गर्‍यो, उनी जेल परे। मोरंग कलेज पछि शेखरको राजनीतिले बाटो लिएको हो।

    २०३३ साल पुस १६ गते बिपी कोइराला विभिन्न मुद्दाहरूको प्रवाह नगरी राष्ट्रिय मेलमिलापको नीतिसहित स्वदेश फर्किए। त्यसबेला शेखर वीर अस्पतालमा जागिरे थिए। बीपीसहितका नेतालाई तत्कालीन सरकारले गिरफ्तार ग¥यो। उनीहरू अस्पताल फर्के। राजनीति र चिकित्सा पेशालाई लामो समयसम्म सँगसँगै लगेका थिए शेखरले। पढाइ सकेर नेपाल फर्केपछि शेखर गृहनगर मोरङ रोजे। कोसी अञ्चल अस्पतालमा काम गर्न थालिसकेका थिए। २०४३ सालमा सरकारले चुनावको घोषणा ग¥यो। कांग्रेसले आउट पोस्ट कब्जाको रणनीति लिएको थियो। विराटनगर नगरपालिकाको प्रमुखमा लक्ष्मण बस्नेतले उम्मेदवारी दिए। अस्पतालको ड्युटी सकेपछिको समयमा शेखर बस्नेतको चुनावप्रचारमा हिँड्न थाले।

    २०४६ को राजनीतिक परिवर्तनपछि प्रत्यक्ष र परोक्षरूपमा राजनीतिमा सक्रिय शेखर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्ट्रार र उपकुलपतिको भूमिका निर्वाह गरे। पार्टी केन्द्रीय सदस्य शेखर २०६४ मा भएको संविधानसभा उपनिर्वाचिन र ०७० मा जितेका शेखर अहिले कांग्रेसको मूल नेतृत्वको प्रतिस्पर्धामा छन्।

    आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.