• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

देउवालाई सत्ताबाट हट्नुपर्ने त्रास, शेखरलाई गगनको आश !


  •   सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित
  • काठमाडौं – नेपाली कांग्रेसको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ । विहान ८ बजेदेखि पाँच बजेसम्म हुने मतदानमा पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीलाई महाधिवेशन प्रतिनिधिले चुन्ने छन् । त्यसका लागि कांग्रेसले पाँच सय लिटरका पानी ट्यांकी मतपत्र सुरक्षित गर्नका लागि तयार गरिसहेको छ ।

    Advertisement

    महाधिवेशन अन्तर्गत आइतबार उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशको काम मात्र भयो । विहानदेखि नै उम्मेदवार, शुभेच्छुकहरु प्रतिनिधिसँग विभिन्न उपायहरु अपनाउँदै मत मागिरहेका देखिए । मत माग्नका लागि सकेसम्म आफूलाई फरक देखाउने प्रयास र प्रयत्न हरेक जसो उम्मेदवार, प्यानल र त्यसको प्रचारमा लागेकाहरुले गरिरहेको देखिएको थियो ।

    सत्ताबाट हट्नुपर्ने त्रास !
    प्रतिनिधिमाझ आफू पक्षकाले भृकुटीमण्डप क्षेत्रमा भोट मागिरहँदा प्रधानमन्त्री समेत रहेका सभापतिका उम्मेदवार शेरबहादुर देउवा भने आफूसँग साझेदारी गरिरहेका नेता कृष्णप्रसाद सिटौलालाई लिएर मत माग्ने एक कार्यक्रममा सहभागी भएका थिए । त्यसक्रममा देउवाले आफू पार्टी सभापति रहेको खण्डमा मात्र अहिलेको सरकार चुनावसम्म टिकिरहने बताएका थिए । त्यसैले आफूले सभापति जित्नु पर्ने उनको तर्क थियो । उनले सभापतिमा पराजय रोक्न सत्ता बहिर्गमनको अस्त्र प्रतिनिधिमाझ फाले।

    ‘म पार्टी सभापति भएको खण्डमा यो सरकार चुनावसम्मका लागि टिकिरहनेछ । मैले चुनाव हारेको खण्डमा शेरबहादुरको नेतृत्वमा प्रधानमन्त्रीमा बस्नै पाइँदैन भनेर होहल्ला गर्नेछन् सबैजनाले । त्यसकारणले पनि पार्टी सभापति जित्नु आवश्यक छ’ उनले भनेका थिए ।

    आफू प्रधानमन्त्री भएर चुनावमा जाने हो भने तीनै तहको चुनावमा जीत हात पार्न सकिने उनको भनाइ थियो ।

    उनले आफ्नो अन्तिम बेला भएको र आफूले जिते प्रधानमन्त्री रहिरहने र त्यसो भए गाउँदेखि माथिसम्म जित्ने र नभए त्यो सम्भव नहुने बताए । उनले प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति भयो भने स्थायित्व हुने तर्क पनि अघि सारेका छन् ।

    ‘यो मेरो अन्तिम बेला हो । ओलीलाई हटाएर म प्रधानमन्त्री बनेको छु । यदि मैले जितेको खण्डमा मात्रै यो पार्टीलाई सबै गाउँदेखि माथिसम्मको सरकार बनाउन सक्नेछु ’ यसो भन्दै देउवा आगामी चुनावमा पार्टीलाई आफूले मात्र ठूलो बनाउन सक्ने आशाको सञ्चार प्रतिनिधिमाझ गराउन चाहिरेहका छन् ।

    आफूले हारे गठबन्धन सरकार ढल्ने भन्दै उनले चेतावनी दिइरहँदा सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले भने त्यसलाई अस्वीकार गरिदिएका छन् । उनले देउवा पराजित हुँदा गठबन्धन अझै बलियो बन्ने तर नेतृत्व परिवर्तन हुने बताए । ‘नेतृत्व परिवर्तन हुन्छ हुन्छ हुन्छ । यो नेतृत्व परिवर्तनपछि अझ बढी सुदृढ र संगठित भइकन यो गठबन्धनलाई निर्वाचनमा हामी होमिन्छौं’ उनले भने ।

    गगनको आश
    संस्थापन इतरबाट दुई जना सभापतिको रुपमा चुनावी मैदानमा छन् । यस हिसावमा इतरपक्षको भोट बाँढिने छ । प्रकाशमान सिंह र शेखर पक्षको मत बाढिने त्रासका बीच कोइरालालाई गगनको आशा अलिक बढी देखिएको विश्लेषण कांग्रेस प्रतिनिधिहरुले गरिरहेका पाउन सकिन्छ । आइतबारको कार्यक्रममा सभापतिका उम्मेदवार कोइरालापछि कार्यक्रम समापन भएको घोषणा गरिएको थियो तर भीडबाट गगन थापाको माग भयो र मञ्चमा बसेका थापालाई कोइरालाले बोल्न आग्रह गरे ।

    उनको आग्रह अनुसार गगनले माहोल तताए । हुन त गगनले मास हेरर अभिव्यक्ति दिन जानेकै छन् ।

    उनले कांग्रेसमा युवालाई प्रवेश गरौं गरौं भन्ने बनाउनु पर्ने र त्यो सम्भावना शेरखको नेतृत्वमा मात्र सम्भव भएको बताए । उनले त्यसो भनिरहँदा शेखरको अनुहारमा खुसी भाव देखिएको थियो ।

    ‘नेपाली कांग्रेसले निर्वाचन एक्लै जित्ने हो भने अहिले भएका मतदतामा १०/१२ लाख मतदाता थप्नुपर्छ । यसका लागि यस्तो नेतृत्व चाहियो कि कांग्रेसको नेतृत्व यो हो है भनेर हेर्दै गर्दा  पार्टी बाहिरका मान्छेहरुलाई कांग्रेसमा आऔंआऔं लागोस् । कांग्रेसको घरभित्र पसौं पसौं लागोस् । शेखर कोइरालाको नेतृत्वमा कांग्रेस त्यस्तो देखिन्छ ’ उनले भनेका थिए ।

    महामन्त्रीका उम्मेदवार  थापाले आफूहरु कसैलाई हराउन उम्मेदवार नभएको बताएका थिए । उनले आफूहरु पार्टीमा कसैलाई पराजित गर्न नभइ जितेर सिंगो पार्टीलाई बिजयी बनाउन चाहिरहेको बताए । उनले आफूहरुको तागत भृकुटीमण्डपमा रहेको भन्दै त्यहाँ रहेका मतदाताको भावनालाई पनि समेट्न खोजे ।

    कांग्रेसमा आशा गरिएका नेता मध्ये एक हुन् गगन थापा । हुनत विश्वप्रकाश प्रदीप पौडेल लगायतका नेताहरु पनि रहेका छन् । तर इतरपक्षबाट उनी बलियो उम्मेदवार रहेको आकल गरिरहँदा शेखरले उनीबाट आशा गरेको देखिन्छ ।

    सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.