एसवन ग्रुप अफ कम्पनी र भि ग्रुप बिच आज एक कार्यक्रमका बिच सम्झौता भएको छ । एसवन ग्रुप अफ कम्पनीका प्रशासकिय निर्देशक शिबलाल ढकाल र भि ग्रुपका प्रमुख बिपिन कंडेल बिच उक्त सहमति पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
सहमति पत्र अनुसार अव भि ग्रुपको छुट कार्ड (V Card) भएका ग्राहकहरुले एसवन ग्रुप अफ कम्पनी मार्फत घरको नक्सा बनाउने कार्यमा आउदा ४०% (चालिस प्रतिशत) सम्म छुट पाउने व्यवस्था गरिएको छ ।
भि ग्रुपले नव उद्येमीहरुको व्यवसाय प्रबद्धनको लागि बिभिन्न अभियान चलाउदै आईरहेको छ ।
बहुउदेश्य कम्पनी एसवन ग्रुप अफ कम्पनीले नेपालमा हाल निर्माण तथा रियल स्टेट क्षेत्रका साथै बिभिन्न सरकारी तथा प्राईभेट क्षेत्रमा उल्लेखनिय योगदान गर्दै आईरहेको कम्पनीका अध्यक्ष सुरज न्यौपानेले वताउनु भयो ।
साथै आधुनिक भवन, होटल, स्कुल तथा कलेजको डि.पि.आर. तथा भवन निर्माणमा काम गरिसकेको एसवन बिल्डर्स एण्ड सप्लायर्सले घर तथा भवन निर्माणमा उपभोक्तालाई पर्ने समस्या महशुस गरि दक्ष अनुभबि ईन्जिनियर, निर्माणकर्मीको निगरानीमा नक्सा पासदेखि सम्पुर्ण निर्माण सामानको जिम्मा लिएर चितवन तथा पोखरामा कार्यालय संचालन गरि आफ्नो सेवा प्रदान गर्दै आईरहेको र आगामी दिनमा हस्पिटालिटी तथा उत्पादन क्षेत्रमा समेत काम गर्ने लक्ष्य कम्पनीले लिएको अध्यक्ष न्यौपानेले जानकारी दिनु भयो ।
हाल एसवन ग्रुप अफ कम्पनी भरतपुर महानगरपालिका वडा नं. ११ स्थित नहरचोकमा अफिस संचालन गरि काम गर्दै आईरहेको छ ।
उक्त कार्यक्रममा एसवन ग्रुपका तर्फबाट शिव रेग्मी, ई.सजल वंशल, ई.टेक मल्ल, ई.सुदिप ढकाल, भि ग्रुपका संस्थापक बिमल पौडेलको उपस्थिती रहेको थियो ।
