• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

गहिरिँदो तरलता संकटः बैंकद्वारा एलसी खोल्न बन्द, पुरानोको भुक्तानीमै सकस


  •   मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
  • काठमाडौं । बैंक तथा वित्तीय संस्थाले प्रतितपत्र (एलसी) खोल्न पूर्णरुपमा बन्द गरेका छन् । लगानीयोग्य पुँजीको चर्को अभाव भएपछि एलसी खोल्न बन्द गर्नुपरेको बैंकहरुले बताएका छन् ।

    Advertisement

    बैंकमा लगानीयोग्य रकमको चरम अभाव भएको र सरकारले तरलता सहज गर्नेमा कुनै उपाय नलगाएपछि एलसी खोल्न पूर्ण रुपमा बन्द गरिएको एक बैंकर क्यापिटल नेपाललाई सुनाए ।

    ‘नयाँ एलसी खोल्ने त कुरै नगरौं । पुरानै एलसी भुक्तानी गर्नसमेत बैंकलाई सकस भइरहेको छ’ उनले भने, ‘अहिले दैनिक ३० देखि १०० जना व्यापारी एलसी खोल्नका लागि बैंक आउने गरेका छन् । तर, ती सबैलाई बैंकहरुले लगानी गर्न पैसा नभएको भन्दै फर्काइरहेका छन् ।’ बैंकहरुले अहिले १५/२० लाख रुपैयाँका साना ऋणका फाइल पनि लगानीयोग्य पुँजी नभएर अघि बढाउन सकेका छैनन् ।

    केन्द्रीय बैंकले लगानीयोग्य रकम अभावलाई कम गर्न विभिन्न मौद्रिक औजार प्रयोग गरे तापनि त्यसले कुनै पार नलागेको बैंकरहरु बताउँछन् । राष्ट्र बैंकले अहिलेसम्म बजारमा २ खर्ब रुपैयाँ भन्दा बढी तरलता पठाइसकेको छ । करिव ९० अर्ब बराबरको स्थायी तरलता सुविधा र ११० अर्ब रुपैयाँ बराबरको पुनर्कर्जामा गएको छ ।

    गत वर्ष २ खर्ब तरलता तानेको केन्द्रीय बैंकले आजको दिनमा सोही बराबर तरलता बजारमा पठाउँदा पनि तरलता समस्या समधान हुन सकेको छैन ।

    सुरु– सुरुमा केन्द्रीय बैंक तरलताको विषयमा गम्भीर बनेन । समस्यालाई हलुका रुपमा लिंदा समस्याले विकराल रुप लिएको बैंकरहरुको भनाइ छ ।
    सरकार र केन्द्रीय बैंक आयात कडाइ गर्ने पक्षमा छ । तर, आयात रोक्ने निर्णय गर्दा व्यापारीबीच अलोकप्रिय हुने भएकाले बैंकमार्फत एलसी नै खोल्न नसक्ने गरी तरलता अभाव गराइएको बुझाइ कतिपयको छ ।

    स्रोतका अनुसार तरलता अभाव सहज गराउन अर्थ मन्त्रालय गम्भीर देखिएको छैन । पुँजीगत खर्च गत वर्षको भन्दा कम हुँदासमेत अर्थमन्त्री जनार्दन शर्मा गम्भीर छैनन् । सरकारी ढुकुटीमा भएभरको पैसा थुप्रिएर बसेको छ ।

    तर, बजारमा लगानीयोग्य रकमको चरम अभाव भइरहेको छ । सरकारको ढुकुटीमा ३ खर्ब रुपैयाँ खर्च नभएर बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च प्रत्येक महिना १० प्रतिशतले बढाउन घोषणा गरे पनि सोको कार्यान्वयन हुन सकेको छैन । हालसम्म पुँजीगत खर्च विनियोजित बजेटको ६.२२ प्रतिशत मात्र भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

    बैंकहरु नयाँ एलसी खोल्ने भन्दा पनि एलसी खोलिसकेको भुक्तानी कसरी गर्ने भन्नेतिर चिन्तित छन् । बैंकसँग नगद नै अभाव भइरहेको छ । यस्तो अवस्थामा पुरानो एलसीको भुक्तानीसमेत हुन नसकेको बैंकरहरु बताउँछन् ।

    अहिले सिद्धार्थ, एनएमबी, सेन्चुरी, कुमारी, नेपाल बंगलादेश, प्रभु, राष्ट्रिय वाणिज्य बैंक लगायतले पूर्णरुपमा एलसी खोल्न रोकेका छन् । त्यसैगरी, अन्य बैंकले पनि एलसी नखोल्न आफ्ना कर्मचारीलाई निर्देशन दिइसकेका छन् ।

    एलसी नखोल्नेबित्तिकै आयात आफैं रोकिन्छ । आयात रोकिँदा राजस्वसमेत संकलन हुँदैन । यसरी हेर्दा अर्थतन्त्रमै मन्दी आउने कतिपय व्यापारीहरु बताउँछन् ।

    मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.