काठमाडौं – आइतबार राति लिग वान अन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मेन ९पिएसजी० ले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा पिएसजीले मोनाकोलाई २–० गोलले पराजित गरेको हो ।
उक्त खेलमा पिएसजीका लाी २ गोल नै फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पेले गरेका हुन् । उक्त खेलको १२औं मिनेटमा पिएसजीका एमबाप्पेले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
त्यसपछि खेलको ४५औं मिनेटमा एमबाप्पेले नै अर्को गोल गरे । जितसँगै पिएसजीले १८ खेलमा ४५ अंक ल्याउदै शीर्षस्थानमा रहेको छ ।
