काठमाडौं – नेपाली कांग्रेस महामन्त्रीका प्रत्यासी गगन थापाले भागबण्डाको राजनीति नगरी जिम्मेवारी बोकेर काम गर्न शेखर कोइरालालाई सुझाव दिएका छन् । बुधबार एक कार्यक्रममा नेता थापाले आफ्नो समूहबाट सभापतिमा प्रतिस्पर्धा गरेका शेखरलाई सो कुरा गरेका हुन् ।
सभापतिमा पराजित कोइरालाले ४० प्रतिशत मत ल्याएको भन्दै उनले सो ४० प्रतिशतलाई सभापतिमा निर्वाचित शेरबहादुर देउवासँग भाग नखोजेर भागबण्डाको राजनीति तोडेर मतदाताको जिम्मेवारी बोक्न सुझाव दिए ।
यस्तै उनले नवनिर्वाचित सभापति देउवालाई पनि गुट त्यागेर काम गर्नुपर्ने बताए । उनले देउवालाई अब गुटको नभई पार्टीको सभापति बन्न सुझाव दिएका छन् ।
