काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहालले पार्टीका अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’मा देश चलाउने भिजन भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रममा दाहालले सो कुरा गरेका हुन् । प्रचण्ड नभई देश नचल्ने बताउदै दाहालले अहिलेको राजनीतिको मियो उनी नै भएको बताए । प्रचण्ड जस्तो नेता कोही नभएको बताउदै दाहालले उनी दुई दिन बाहिर गए पनि सुनसान हुने बताए ।
उनले देश चलाउने उनी जस्तो नेता धेरै हुन चाहेको तर बन्न नसकेको बताए । आफुहरु सबै प्रचण्डको उत्तराधिकारी रहेको बताउदै उनले पार्टीको नेतृत्वको विकल्प आवश्यकताले खोजिने पनि बताए ।
