काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुटेने बताएका छन् । बिहिबार एक अन्तवार्तामा बोल्दै प्रचण्डले सो कुरा गरेका हुन् ।
एमसीसी पारित नहुने संकेत गर्दै प्रचण्डले एमसीसीका कारण गठबन्धन टुट्न नदिइने बताए । उनले भने – ‘एमसीसीका कारण गठबन्धन टुट्न दिइदैन, टुट्दैन र टुट्न पनि हुँदैन’ एमसीसीबारे विगतमा विवाद नभएको र संसदबाट पारित गर्ने विषय आएपछि समस्या आएको उनको भनाई छ ।
उनले अब आफुलाई रिटायर भएर संस्मरण लेख्न मन लागेको बताए । यो पार्टीलाई पनि बुर्जुवा पार्टी बनाउन चाहनेहरुले आफ्नो विरोध गरेको बताउदै उनले आफु व्यक्ति इच्छाले नबसेको पनि बताए।
उनले भने – ‘यो मेरो व्यक्तिगत कुरा होइन । यो राष्ट्रको सर्वोत्तम हितको निम्ति जनताको विकास, समृद्धि र मुक्तिको निम्ति मैले अन्तिम समयसम्म लड्छु भनेर मात्रै मलाई सबै साथीहरुले तपाई बस्नुपर्छ भनेर पो बरु म बसिराखेको छु त।’
