काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ७० करोड घुस प्रकरणमा आफू नभएको बताएका छन् ।
एक टेलिभिजन कार्यक्रममा बाँस्कोटाले यस प्रकरणमा सम्पूर्ण कुराहरुको छानबीन गरे आफू तयार रहेको बताए । उनले भने – ‘हुति हुनिहरुले, प्रमाण पुर्याउनेहरुले, अड्डा अदालत सरकार भएकाहरुले सम्पूर्ण कुराहरुको छानबीन गरे हुन्छ , यसमा म क्वा क्या रोएर हिड्नेवाला छैन । परेको बेहोर्छु । र माहालेखाको प्रतिवेदन पनि पढे हुन्छ मैले लेखेको होइन ।’
उनले त्यति बेला प्रश्न उठेपछि राजिनामा दिएको बताए । उनले भने – ‘मेरो आफ्नो इच्छाले राजिनामा दिएको हो । मेरो बारेमा प्रश्न उठेपछि । ‘
आफ्नो बारेमा प्रश्न उठेपछि पदमा बसेको मान्छेले राजिनामा दिनुपर्ने बताउदै उनले अब फेरि मा जितेरै आउने दाबी गरे । उनले भने – ‘प्रश्न उठेपछि राजिनामा दिनुपर्छ पदमा बसेको मान्छेले । म राजनितिमा छु । फेरि पनि चुनावमा जितेर आउछु । समयले साथ दिए फेरि पनि मन्त्री बन्न सक्छु । ‘
उनले सो प्रकरणमा नक्कली टेप बनाइएको कुरा पनि दोहोर्याए । उनले भने – ‘नक्कली टेप बनाए । खाएको पनि पुष्टि गरोस् न । लेको पनि पुष्टि गरोस् । सम्झौता गरेको पनि पुष्टि गरोस् ।’
उनले त्यस समय कुनै बार्गेनिङ नगरेको बताउदै कहाँ कोसँग के सम्झौता गरेको हो पुष्टि गर्न पनि भने । ७० करोड घुस प्रकरणमा बार्गेनिङ गरेको अडियो बाहिरिएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
