काठमाडौं – अहिले काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गइरहेको छ । देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै तराई हुस्सु र कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति पनि पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। यस्त्ै देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
