चितवन । पूर्वी चितवनका मिर्गौला पीडित टीका बहादुर महतलाई आर्थिक सहयोग प्राप्त भएको छ । मिर्गौला पीडित असहाय संरक्षण केन्द्रका अध्यक्ष सुनिल कुमार क्षेत्रीले कालिका नगरपालिका ७ का ६० वर्षीय महतलाई आर्थिक सहयोग गरेका हुन् ।
क्षेत्रीले पीडितको घरमै पुगेर १० हजार रुपैयाँ सहयोग गरेका हुन् । पीडित महतको दुबै दुवै मिर्गौला र मुटुको भल्भमा समस्या छ । आर्थिक अवस्था कमजोर भएका महतको उपचारका लागि सहयोग गरिएको क्षेत्रीले बताए ।
क्षेत्रीले यस अघि पनि मिर्गौला पीडितहरुलाई सहयोग गर्दै आएका छन् ।
