• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

लाभांश ‘क्रेज’ ले बिमा कम्पनीमा उछाल, एक महिनायताकै उच्च कारोबार


  •   आइतबार, पुष ११, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूमध्ये लाभांश घोषणामा ढिला गरेका बिमा कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।

    Advertisement

    बिमा क्षेत्र बाहेकका अन्य क्षेत्रका अधिकांश कम्पनीको लाभांश घोषणा भइसकेका बेला बिमा कम्पनीको अझै सुरसार छैन । अझ जीवन बिमा कम्पनीहरूको २ वर्षकाे लाभांश बाँकी नै छ । चालू आर्थिक वर्षको ६ महिना सकिँनै लाग्दा लाभांश घोषणा गर्ने हल्ला फैलिएसँगै सेयर मूल्यमा एकाएक उछाल आएको हो ।

    अधिकांश बिमा कम्पनीको मूल्य एक वर्षको न्यून मूल्यभन्दा तल झरेकाे थियाे । यसबीचमा न्यून मूल्यमा कारोबार भइरहेका बिमा कम्पनीको आइतबार एकाएक चमक देखिएको हो । बिमा कम्पनीसहित अन्य कम्पनीको मूल्यमा पनि सामान्य वृद्धि देखिएपछि नेप्से सूचकले थप उचाइ लिएको छ ।

    भदौ २ गतेको ३१९९ बिन्दुबाट तल झरेको बजार मंसिर २७ गते हालसम्मकै न्यून २२५९ अंकसम्म झरेको थियो । त्यसपछि केन्द्रीय बैंकले आयातमा कडाइ गर्ने नीति जारी गरेको र सरकारले स्थानीय सञ्चित कोषमा जाने रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाउने सुविधा दिएपछि तरलता सहज हुने भन्दै बजार उँभो लागेको हो ।

    पछिल्लो ८ कारोबार दिनमा ३३७ अंकले सूचक उक्लिएको छ । औसतमा दैनिक ४२ अंकको बढोत्तरी देखिन्छ । यही बीचमा अन्य कम्पनीहरूको लाभांशपछि मूल्य समायोजन भइरहँदा बिमा कम्पनीको पनि आक्रामक लाभांश आउने अपेक्षामा आइतबार १४ वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ ।

    उच्च मूल्य बढ्ने २० कम्पनीमा आइतबार कारोबार सुरु भएको मध्यभोटेकोसी जलविद्युत् कम्पनीबाहेक सबै बिमा कम्पनी छन् । यद्यपि, आइतबार १३२ कम्पनीको मूल्य बढेको छ ।

    बिहीबार २५२० मा रोकिएको सूचक आइतबार प्रिओपनिङ कारोबार मै बढेर २५३१ पुगेको थियो । नियमित कारोबार सुरु भएसँगै बढ्न थालेको बजार बढ्ने र घट्नेक्रमलाई चार ‘भी’ आकारमा बनाएर निरन्तरता दिएको छ । यद्यपि, पछिल्ला २ वटा ‘भी’ लाई डब्ल्यूका रूपमा बुझ्न सकिन्छ ।

    यसले के देखाउँछ भने मूल्य घटाउन तीब्र होड चलिरहे पनि आइतबार सम्भव भएन । यसबाट सोमबार पनि बजारले थप उचाइ लिन सक्छ । खासगरी, बजारमा देखिएको सकारात्मक भावलाई लगानीकर्ताहरूले उपयोग गर्न खोजेको देखिन्छ । समग्रमा अर्थतन्त्रका अवयवहरू सकारात्मक बाटोमा जाने आकलनसहितको निष्कर्ष गतसाता राष्ट्र बैंकले सार्वजनिक गरेको थियो । त्यसैको जगमा आइतबार लगानीकर्ता उत्साहित देखिएका थिए ।

    उछालिँदो बजारमा लगानीकर्ताले संयम अपनाउनुपर्ने छ । अन्यथा आफ्नो सम्पत्ति गुमाएको रिस अरूलाई पोख्नुपर्ने स्थिति आउन सक्छ । यद्यपि, उच्च कारोबार र उच्च वृद्धिलाई ट्र्याकमा राख्न यो साताको अन्तिम तिर सूचक घट्ने प्रवल सम्भवना छ । लगानीकर्तामा नाफा बुकको होड देखिन सक्छ । किनभने लामो समयदेखि लगानीकर्ताले नाफा बुक गर्न नपाएको अवस्था छ ।

    बजार बढेसँगै आइतबार कारोबार रकममा पनि वृद्धि देखिएको छ । यो केही दिनदेखिको निरन्तरता पनि हो । मंसिर २८ मा १ अर्ब ७८ करोडमा खुम्चिएको कारोबार रकम आइतबार १ महिना यताकै उच्च देखिएको छ । मंसिर १२ गते ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आइतबार ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ कारोबार भएको छ ।

    बढेको बजारमा पनि ५१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । सबैभन्दा बढी गोर्खाज फाइनान्सको ५.५ प्रतिशतले मूल्य घटेको छ । धेरै पनि ७ कम्पनीहरूको कारोबार रकम १० करोड नाघेको छ ।

    सबैभन्दा बढी कारोबार नबिल बैंकको ३२ करोड ७ लाख रुपैयाँको भएको छ ।

    आइतबार, पुष ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.