• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सञ्चयकर्ताको ब्याजदर बढाउन सञ्चय कोषले थाल्यो गृहकार्य, माघदेखि लागू गर्ने तयारी


  •   आइतबार, पुष ११, २०७८ मा प्रकाशित
  • काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरूलाई दिने ब्याजदर बढाउन गृहकार्य थालेको छ । ब्याजदर सस्तो भएपछि सञ्चयकर्ताले विशेष सापटी लिएर वाणिज्य बैंक र सहकारीमा  पैसा राख्न थालेपछि कोषलाई अहिले ब्याजदर बढाउन दबाब परेको हो ।

    Advertisement

    कोषले सञ्चयकर्तालाई औसत ७.६ प्रतिशत ब्याज दिइरहेको छ । बैंकले मुद्दती निक्षेपमा १०.०५ प्रतिशत र सहकारीले सोभन्दा बढी आकर्षक ब्याज दिएपछि सञ्चय कोषमा जम्मा भएको पैसा सञ्चयकर्ताले झिकिरहेका छन् ।

    कुल सञ्चय कोष रकमको ८० प्रतिशतसम्म निकाल्न पाउने व्यवस्था छ । कोषलाई अहिले घर बनाउन, जग्गा किन्न र जलविद्युत परियोजनामा प्रतिबद्धता जनाएको रकमसमेत दिन हम्मे परेको छ ।

    कोषले प्रत्येक ६/६ महिनामा ब्याजदरमा पुनरावलोकन गर्नुपर्ने व्यवस्था छ । व्यवस्था भए पनि कोषले अहिलेसम्म अर्धवार्षिक रूपमा ब्याजदर पुनरावलोकन गरेको छैन । यसपटक गर्नुपर्ने देखिएको सञ्चय कोषका सहप्रशासक जितेन्द्र धितालले बताए ।

    पुसभित्र निर्णय गरेर माघदेखि नयाँ ब्याजदर लागू हुन सक्ने संभावना रहेको उनले सुनाए । यद्यपि छलफलका क्रममा रहेकाले अघि बढ्ने वा नबढ्ने अझै अनिश्चित रहेको उनले जानकारी दिए ।

    कोष सञ्चालक समितिले पारित गरेपछि मात्र नयाँ ब्याजदर लागू हुने उनको भनाइ छ ।  लगानीयोग्य पुँजीको अभाव (क्रेडिट क्रन्च) को अवस्था आएपछि मंसिर १ देखि बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् । सञ्चय कोष आफैं बैंकको ठूलो संस्थागत निक्षेपकर्ता हो ।

    सञ्चय कोषमा निजामती, सेना, प्रहरी, शिक्षकलगायत गरी ६ लाख बढी सञ्चयकर्ता जोडिएका छन् । कोषबाट विशेष सापटी लिएर सञ्चयकर्ताले  विभिन्न बैंकमा मुद्दती निक्षेपमा राख्ने गरेको कोषले गरेको अध्ययनले देखाएको छ । कोषमा राख्नुभन्दा बैंकको मुद्दती निक्षेपमा राख्दा साढे २ प्रतिशत बढी ब्याज आउने भएपछि सञ्चयकर्ताले यसो गर्न थालेका हुन् ।

    घरजग्गा किन्न लिएको सापटी बैंकको मुद्दती निक्षेपका अन्य प्रयोजनमा खर्च गर्न पाइँदैन । जे प्रयोजनका लागि लिएको हो त्यसमा मात्र लगानी गर्नुपर्छ । उक्त विशेष सापटी रकमको लगानी खोजिँदैन । सेयर बजार, घरजग्गालगायत फाइदा हुने अन्य क्षेत्रमा लगानी र मुद्दतीमा राख्न पाइन्छ ।

    सञ्चय कोषले साउन १ देखि बचत र ऋण दुवैको ब्याजदर घटाइसकेको छ । ब्याजदर अन्तर (स्प्रेड) पनि घटेर १.१ प्रतिशत मात्र हुने भएको छ । गत वर्ष स्प्रेडदर १.२५ प्रतिशत थियो । सञ्चय कोषले स्प्रेडदर घटाउँदै लगेको छ ।

    सञ्चय कोषको सम्पत्ति/दायित्व गत आर्थिक वर्षमा १५.३ प्रतिशतले वृद्धि भई २०७८ असार मसान्तमा ४ खर्ब ४२ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष उक्त रकम १२ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा ३ खर्ब ८४ अर्ब १ करोड रुपैयाँ थियो ।

    सञ्चयकर्ताको सञ्चित रकम २०७७ असार मसान्तमा ३ खर्ब ४९ अर्ब ६३ करोड रहेकोमा २०७८ असार मसान्तमा १३.४ प्रतिशतले वृद्धि भई ३ खर्ब ९६ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

    आइतबार, पुष ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.