पत्रकारका श्रम समस्या समाधान नगर्ने सञ्चारमाध्यमहरुलाई कालो सूचीमा राखेर नाम सार्वजनिक गर्ने चेतावनी दिइएको छ । नेपाल पत्रकार महासंघले पत्रकारहरुको मासिक पारिश्रमिक नदिने सञ्चारमाध्यमलाई कालो सूचीमा राख्ने चेतावनी दिएको हो ।
महासंघको प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रवद्र्धन विभागको बैठकले पारिश्रमिक नदिने सञ्चारमाध्यमको बिरोधमा धर्ना समेत गरिने जनाएको छ ।
विभिन्न बहानामा सञ्चारमाध्यम र गृहले तलब नदिएको र तोकिएको सेवासुविधा समेत उपलब्ध नगराएको महासंघको ठहर छ । उक्त समस्याको तत्काल समाधान खोज्न उसले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
