• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रचण्डको प्रतिवेदनको कडा आलोचना : प्रतिनिधिले उठाए भारतदेखि एमसीसी, धनाड्यसम्मको विषय


  •   बुधबार, पुष १४, २०७८ मा प्रकाशित
  • काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक तथा वैचारिक प्रतिवेदनमाथि समूहगत छलफल जारी छ ।

    Advertisement

    बन्दसत्रमा सवा दुई घण्टा लगाएर प्रचण्डले वाचन गरेको प्रतिवेदनमा देशभरबाट आएका प्रतिनिधिले २५ वटा समूह बनाएर छलफल तथा सुझाव राखेका छन् । मंगलबार दिनभर भएको छलफलमा प्रतिनिधिले केही गम्भीर विषय उठाएका छन् । धेरै प्रतिवेदनले प्रतिवेदन सान्दर्भिक भए पनि केही छुटेको र केही अनावश्यक कुरा परेको भन्दै संशोधन गर्न सुझाएका छन् ।

    नेता राम कार्कीले त पुरक प्रतिवेदन नै प्रस्तुत गरेका छन् । सात वटा प्रदेश, केन्द्रीय सल्लाहकार, आयोग, प्रवासको छुट्टाछुटटै समूहमा प्रतिवेदनमाथि उठेका विषयमा साम्राज्यवाददेखि धनाढ्य र यौन अनैतिकतामा कठोर सजायदेखि एमसीसी खारेजीसम्म छन् ।

    केही प्रतिनिधिले प्रचण्ड परिवारवादबाट बाहिर आउनुपर्ने सुझाव दिएका छन् । परिवारवादमा फस्दा कार्यकर्तासँग सम्वाद टुटेको र पार्टी कमजोर भएको निष्कर्ष सुनाउने पनि समूहगत छलफलमा भेटिए ।

    बागमती र कर्णाली प्रदेशको छलफलमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमा भारतबारेको मौनतामाथि प्रश्न उठ्यो । ‘भारतबारे बोल्नुपर्छ । सीमा विवादको कुरा छ । चुच्चे नक्साको अपनत्वको कुरा । भारत र अमेरिकालाई हामीले विस्तारवादी र साम्रज्यवादी भनेर एउटै टोकरीमा राख्दै आएको हो । अहिले के हो यो ? भारतप्रति हाम्रो दृष्टिकोण बदलिएको हो ?’ प्रतिनिधिले सोधेको प्रश्नलाई उद्धृत गर्दै एक प्रतिनिधिले न्युज कारखानालाई सुनाए ।  छलफलका क्रममा केही प्रतिनिधिले भने अध्यक्षले सन्तुलित परराष्ट्र नीतिलाई प्रतिनिधित्व गर्दै दस्तावेजमा लेखेको ठिक रहेकाले टिप्पणी गर्न हुँदैन भन्ने बचाउ धारणा राखेका थिए ।

    बागमतीको समूहगत छलफलमा प्रचण्डपथको एजेण्डा पनि उठ्यो । यसलाई संश्लेषण गरेर प्रचण्ड विचारधारा भन्नुपर्ने प्रस्ताव आयो । ‘अहिले नयाँ विचार आएको छ । प्रचण्डपथलाई संशोधन गरेर प्रचण्ड विचारधारा भनेर जाउ । यसले गर्दा माओवादी एक हुन्छ । प्रचण्डको नेतृत्वमा सबै गोलबन्द भएर जान तयार छन्,’ प्रतिनिधिका सुझाव थिए ।

    बागमतीका प्रतिनिधिले कार्यकारी प्रमुखको विषयलाई जोडदार रुपमा उठाउनुपर्ने सुझाए । ‘संविधान संशोधनको विषयलाई नेतृत्व गरेर जानुपर्छ । त्यो हाम्रो भोट हो । भोट ब्यांकलाई छोड्नु हुँदैन,’ प्रतिनिधिहरुको भनाइ थियो ।

    प्रतिनिधिले माधव नेपाल समेट्दा उपेन्द्र यादवलाई किन छुटाइयो भनेर पनि प्रश्न गरेका थिए । ‘माधव नेपालको नाम आउँदा उपेन्द्र यादवको नाम किन आएन ? माधव नेपालसँग सहकार्य गर्ने प्रष्ट नीति छ भन्ने अनि पूर्वमाओवादी पृष्ठभूमिका उपेन्द्रको जसपासँग छैन ?’ प्रतिनिधिका प्रश्न थिए ।

    माओवादी, नेकपा एस र जसपा आगामी चुनाव मिल्ने उनीहरुको बुझाई थियो । त्यसैले उपेन्द्रलाई पनि समावेश गर्नुपर्ने उनीहरुको राय रह्यो । उपेन्द्रले महाधिवेशन उदघाटन समारोहमै आफू पहिला माओवादी भएको बताएका थिए । यो कुरालाई पनि प्रतिनिधिले स्मरण गराउँदै पूर्वमाओवादी उपेन्द्रलाई नराख्ने, पूर्वमाओवादी नभएका माधव नेपालको नाम राख्ने ? भनेर तर्क गरेका थिए ।

    अधिकांश प्रतिनिधिले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता खारेज गर्नुपर्ने धारणा राखेका थिए । बाहिर परिमार्जनको आवाज उठेका बेला माओवादी प्रतिनिधिले भने राष्ट्रिय स्वाधिनताका लागि एमसीसी घातक भएकाले खारेज नै गर्नुपर्ने तर्क राखे ।

    नेता खिमलाल देवकोटाले सार्वजनिक रुपमै दस्तावेज अन्योलता भएकाले पूर्ण संशोधन हुनुपर्ने तर्क गरे । उनले प्रतिवेदनमा विश्वका धनाड्यको सूची राखेकोमा पनि प्रश्न उठाए । ‘कम्युनिस्टको दस्तावेजमा धनाड्यको सूची किन राखेको रु’ उनले प्रश्न गरे ।

    ‘यो दस्तावेज मनगणन्ते भयो । अहिलेका राजनीतिक दलको विश्लेषण छैन । वर्ग विश्लेषण छैन । समस्या छैन । समाजवादमा जाने नेपाली बाटो भनिएको छ । तर त्यो नेपाली बाटो के हो कसरी जाने, त्यो बाटोमा के हुन्छ, अवरोधहरु के के हुन्छन् त्यो स्थिति के हो रु माओवादीको बाटो के हो भन्ने क्लियर नभएको दस्तावेजलाई पूर्ण रुपमा संशोधन गर्नुपर्छ,’ देवकोटाको धारणा थियो ।

    विभागबाट प्रतिनिधित्व गरेका पर्साका एकजना प्रतिनिधिले अध्यक्षले यौन अनैतिकताको विषय उठाएको स्मरण गराउँदै यौन दुराचारी र बलात्कारीलाई पाँच वर्ष पार्टीले निष्काशन गर्ने नीति लिनुपर्नेमा जोड दिए ।

    प्रज्ञा प्रतिष्ठान र केही पार्टी प्यालेसमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ । छलफल आज ११ बजेसम्म चल्ने र १२ बजे २५ वटै समूहले निष्कर्ष सुनाउनुपर्ने समयसीमा दिइएको छ । त्यसअगाडि विहान प्रज्ञा प्रतिष्ठानमै स्थायी कमिटी बैठक पनि बस्नेछ । स्थायी कमिटीमा नेतृत्व चयन, विधान मस्यौदालाई अन्तिम रुप दिने र पार्टी कमिटीलाई पूर्णता दिने एजेण्डामा छलफल हुने बुझिएको छ ।

    बुधबार, पुष १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.