काठमाडौं – काठमाडौंको चन्द्रागिरीमा हिमपात भएको छ । आज बिहानदेखि बढेको चिसोका कारण चन्द्रागिरीमा हिउँ परेको हो । चन्द्रागिरी आसपासको क्षेत्रमा हिउँ परेपछि चन्द्रागिरीमा केबलकारबाट पुगेका मानिसहरु रमाइरहेका छन् ।

आज काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ । तस्बिर चन्द्रागिरी हिल्सबाट



