निराज रानाभाट , चितवन : यतिबेला देशको धेरैजसो स्थानमा पानी परिरहेको छ । मौसविदहरुको अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बुधबार बिहानैबाट पानी परिहेको हो ।
मौसम पूर्वानुमान महाशाखाले यसअघि नै केहीदिन पानी पर्ने संभावना रहेको जनाएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भू – भागमा हल्का हिमपात समेत भइरहेको छ ।
पुस १४ गते , बुधबार ( आज ) धेरैजसो स्थानमा पूर्वतय बदली रहने र उच्च वर्षासमेत हुने बताइएको छ । यो समयमा पर्वतारोहण , हवाई र यातायात लगायत नगर्न सुचना समेत जारी गरेको छ । दैनिक जनजीवनमै असर पर्नेगरी मौसम अनुकुल हुने हुनाले सतर्कता अपनाउन मौसमविद्हरुले जानकारी गराएका छन् । विभिन्न क्षेत्रमा शुक्रबारसम्म बर्षा हुने मौसमविद्हरुले बताएका छन् ।
