काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी महाधिवेशनमा केन्द्रीय सदस्यहरुको घोषणा गरेका छन् । आइतबार प्रचण्डले कमलादीस्थित प्रज्ञा भवनमा २९९ मध्ये २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका हुन् ।
उनले आफूसहति परिवारका तीन जनालाई पनि केन्द्रीय समितिमा राखेका छन् । उनले आफ्नो नाम खस आर्य पुरुष तर्फको एक नम्बरमा र भाइ नारायणप्रसाद दाहाललाई पनि राखेका छन् ।
यस्तै उनले भरतपुर महानगरपालिकाकी मेयर तथा आफ्नी छोरी रेणु दाहाललाई खस आर्य महिलातर्फबाट केन्द्रीय सदस्य बनाएका छन् भने बुहारी विना मगरलाई पनि केन्द्रीय सदस्यमा राखेका छन् ।
