काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले ४ वर्ष कार्यकाल कायम गरी पाउँ भनी सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका छन् । उनले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन् ।
क्षेत्रीको मुद्दामा सर्वाेच्चले शुक्रबार सरकारलाई कारण देखाउ अल्पकालीन अन्तरिम आदेश दिँदै छलफलका लागि बोलाएको छ ।
क्षेत्री गत कात्तिक ८ गते महानिर्देशक नियुक्त भएका थिए ।
उनी पुस २३ गते उमेर हदका कारण अनिवार्य अवकाश पाउँदै थिए । क्षेत्रीले महानिर्देशकको पद ४ वर्षको हुने जिकिर गर्दै सर्वाेच्चमा मुद्दा दायर गरेका हुन् ।
प्राधिकरणको ऐनमा महानिर्देशकको कार्यकाल ४ वर्ष हुने उल्लेख छ । क्षेत्रीले यही बुँदामा रहेर मुद्दा दायर गरेका हुन् ।

