काठमाडौं। नेकपा एकीकृत समजवादीका अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन गर्नु ठिक हुने बताएका छन् ।
बुधबार पार्टी कार्यालय शान्तिनगरमा विभिन्न पार्टीबाट आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँने क्रममा नेपालले सो कुरा गरेका हुन् । उनले तीनै तहको निर्वाचन सँगै गर्न सकेमा खर्च पनि कम हुने बताए ।
उनले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन संविधानलाई सर्वोपरि राखेर गर्नुपर्ने पनि बताए । एकैपटक तीन तहको निर्वाचन गराउन सकेमा खर्च कम हुने हुनाले यस बिषयमा विज्ञहरूसँग छलफल गरिरहेको उनल बताए ।
उनले भने – ‘एउटा चुनाव गराउँदा झण्डै ५ अर्ब रूपैयाँ खर्च हुन्छ, तीनै तहको निर्वाचनसँगै गरेमा ५ देखि १० अर्बमा चुनाव सम्पन्न गर्न सकिन्छ ।’ उनले राष्ट्रिय सभाको निर्वाचनमा १९ सीट नै सत्तारुढ गठबन्धनले जित्ने दाबी पनि गरे ।
