• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

कोरोना परीक्षण अब घर घरमै !


  •   बुधबार, माघ १९, २०७८ मा प्रकाशित
  • पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमणदर बढ्दो छ । तर, प्रयोगशालामा गरिने कोरोना परीक्षण दर भने घटेको देखिन थालेको छ । समुदायस्तरमै फैलिए पनि परीक्षण गराउनेको संख्या कम भएकाले संक्रमित न्यून देखिएको हो ।

    Advertisement

    परिक्षण गर्न जाँदा र रिपोर्ट आउनसमेत समय लाग्ने एवम् झन्झटिलो प्रक्रिया भएकाले अत्यावश्यक बाहेक अरुले लक्षण देखिए पनि परीक्षण गराउन छाडेका हुन् । यसैलाई मध्यनजर गर्दै सरकारले घरमै कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको छ । कोरोना संक्रमणको लक्षण देखिएका र शंका लागेकाले अब घरमै परीक्षण गराउन सक्नेछन् ।

    यसको निम्ति कोभिड परीक्षण किट भने चाहिन्छ । बजारमा धेरै किसिमका एन्टिजेन किट उपलब्ध भए पनि सरकारबाट मान्यताप्राप्त किटको मात्र प्रयोग गर्नुपर्ने भनिएको छ । अधिकांश कोभिड परीक्षण किट औषधी पसल र डिपार्टमेण्टल स्टोरमा समेत उपलब्ध छ ।

    कोभिड परीक्षण किटको प्रयोग कसरी गर्ने ?

    सर्वप्रथम कोभिड परीक्षण गर्न सम्बन्धित व्यक्तिले आफ्नो हात सफासँग धुनुपर्छ । अथवा स्यानिटाइज गर्दा पनि हुन्छ । कसरी परीक्षण गर्ने भन्नेबारे आवश्यक निर्देशन किटभित्र दिइएको हुन्छ । तर त्यसमा अंग्रेजी भाषामा लेखिएकाले सबैले अंग्रेजी बुझ्छन् भन्ने ग्यारेण्टी हुँदैन । हुन तः भाषासँगै चित्र पनि बनाइएको छ ।

    एउटा कोभिड परीक्षण किटभित्र स्वाब एक्स्ट्राक्सन बफर ट्युब,ट्युब राख्ने बाकस र टेष्ट किटलगायत हुन्छन् । किट बक्स खोलेपछि सबैभन्दा पहिले स्वाब संकलन गर्ने सुइरोलाई नाकभित्रका दुई वटै प्वालमा चार सेन्टिमिटरसम्म छिराइन्छ । बिस्तारै घुमाइन्छ र नाकमा रहेका सिंगान अर्थात स्वाब नमूना निकालिन्छ । नमूना स्वाबलाई त्यहिँभित्रको रसायन मिश्रित झोलमा डुबाइन्छ । केहीबेरमा उक्त घोलमध्ये तोकिएको थोपालाई उपलब्ध परीक्षण स्ट्रिपको तल्लो भागमा खन्याइन्छ ।

    बढीमा २० मिनेटभित्र त्यस स्ट्रिपमा देखिने धर्सा वा अन्य संकेतले संक्रमण भएको हो या होइन भन्ने पुष्टि गर्छ । कोभिड परीक्षण किटमा सी र टी गरेर दुईवटा अक्षर अंकित गरिएको हुन्छ । यदि सीमा मात्र रातो धर्का देखिएमा कोरोना परीक्षण नेगेटिभ आएको भनेर बुझ्न सकिने महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालका कोरोना फोकल पर्सन निरज बमले बताउनुभयो ।

    त्यस्तै, सी र टी लेखिएको दुबैमा रातो धर्सा देखिएमा पोजिटिभ भएको बुझ्न सकिन्छ । ‘यदि किटले कुनै पनि धर्सा देखाएन भने स्वाब परीक्षणको तरिका गलत भएको ठान्नुपर्छ,’ उहाँले भन्नुभयो ।

    एक पटक प्रयोग गरिएको किट पुनः प्रयोग गर्न मिल्दैन । आफूले प्रयोग गरेको किट प्लाष्टिकको झोलामा राम्ररी प्याक गरेर फाल्नुपर्छ । किट जथाभावी फ्याँक्दा आफूमा भएको संक्रमण अरुमा सर्न सक्ने जोखिम उच्च हुन्छ ।

    कोभिड किट कत्तिको प्रभावकारी ?

    कोरोना परीक्षणको यो विधि त्यति भरपर्दो नहुने विज्ञहरु बताउँछन् । टिचिङ अस्पताल महाराजगञ्जका कोरोना फोकल पर्सन बमले एन्टिजेन किट परीक्षण शतप्रतिशत ढुक्क हुन नसकिने बताउनुभयो । एन्टिजेन किटको प्रयोग संक्रमणका लक्षणहरू देखिएको अवस्थामा मात्र उपयुक्त हुने उहाँको ठहर छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरमा परीक्षण गर्ने भने पनि तरिका नसिकाएबारे बमको गुनासो छ । एन्टिजेन किटको प्रयोग गर्न नजान्दा कोरोना पोजिटिभ भएकाको रिपोर्ट नेगेटिभ आउन सक्ने भएकाले जोखिम बढी हुन्छ । एन्टिजेन प्रयोगको नतिजा पुष्टि गर्न पीसीआर गर्नैपर्छ ।

    बजारमा कस्ता किट पाइन्छन् ?

    क्लिनिक वानका फर्मासिस्ट कृष्ण शाहका अनुसार बजारमा धेरै किसिमका कोभिड परीक्षणका किटहरु पाइन्छन् । तर, सरकारबाट मान्यताप्राप्त कोभिड किटको प्रयोगमा उहाँको जोड छ । ‘सर्वसाधारणले पहिले किटबारे सबै बुझेर मात्र खरिद गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

    सरकारबाट मान्यताप्राप्त एफडिए ब्राण्डका जर्मन कोभिड किट परीक्षणको लागि उपयुक्त हुने उहाँको भनाइ छ । हाल उक्त किटको प्रभावकारिता ९५ प्रतिशत रहेको बताइन्छ । बजारमा चिनियाँ किट सबैभन्दा धेरै पाइन्छ । बजारमा यस्ता किटको मूल्य सरदर ७ सय ५० रुपैयाँ तोकिएको शाहले बताउनुभयो ।

    बुधबार, माघ १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.