• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

‘३२ किलोमिटर यात्रा गरेर ब्याडमिन्टन खेल्न आउँछन्, १३ वर्षीय अशोक’


  •   शनिबार, माघ २२, २०७८ मा प्रकाशित
  • महेन्द्रनगर । एउटा १३ वर्षीय बालक दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न कभर्डहल पुग्छभन्दा पत्यार लाग्न गाह्रो होला ! तर त्यो सत्य हो। कञ्चनपुरको कृष्णपुरका अशोक सिंह धामीले दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न महेन्द्रनगरस्थित कभर्डहलमा पुग्ने गरेका छन् ।

    Advertisement

    दस वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका यहाँको कृष्णपु्र नगरपालिका–५ सुदर्शनपुरका १३ वर्षीय धामी यतिबेला दिनहुँजसो ब्याडमिन्टन खेल्न सदरमुकाम महेन्द्रनगरस्थित कभर्डहलको ब्याडमिन्टन हलमा पुगिरहेका छन् । “दैनिक बस भाडा र अरू गरेर यहाँ खेल्न आउँदा रु तीन सय जति खर्च हुन्छ”, उनले भने, “पैसाभन्दा पनि खेलमा कसरी अगाडि बढ्ने भन्नेमा बढी ध्यान दिएको छु ।”

    आधा दशकभन्दा बढी समयदेखि प्रशिक्षकविहीन रहेको कञ्चनपुरमा ब्याडमिन्टनमा अशोकजस्तै धेरै नयाँ खेलाडीहरु बिचल्लीमा छन् । यहाँको महेन्द्रनगर, दैजी, झलारी र गुलरिया क्षेत्रमा दर्जनौँ नयाँ जुनियर खेलाडीहरु नियमित अभ्यासमा रहे पनि प्रशिक्षक भने देख्नसमेत पाएका छैनन् । “बिदाको बेला महेन्द्रनगरमा आफन्तको घरमा एक साता बसेर पनि कभर्डहलमा खेल्न आएँ”, धामीले भने, “कभर्डहलमा कमसेकम सिनियर दाइहरुसित खेल्ने र सिक्ने अवसर त मिल्छ ।”

    दार्चुलाबाट बसाइँ सरी बुबा पवनसिंह धामी परिवारसहित कृष्णपुर आएका धामीले सामाजिक सञ्जाल फेसबुकमा कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको पेजमा आफू ब्याडमिन्टन खेल्न चाहेको भनेर म्यासेज गरेको बताउँछन् । “सङ्घको पेजमा म्यासेज गर्दा कृष्णपुर नगरपालिका–२ बङ्कमा दीपक धामी (ब्याडमिन्टन राष्ट्रिय रेफ्री) लाई सम्पर्क गर्नु भन्ने रिप्लाई आयो”, उनले भने, “त्यसपछि सात किलोमिटरयता गरेर बङ्क खेल्न आउन थाले ।” वाणी बङ्क क्षेत्रमा एक महिना आउटडोर खेलेपछि राष्ट्रियस्तरको ब्याडमिन्टन खेल्न आफू चितवन गएको धामीको भनाइ छ ।

    उक्त प्रतियोगितामा सहभागितामा सीमित जस्तै भए पनि खेल्नमा अगाडि बढ्ने हौसला मिलेको उनको भनाइ छ । “टेलिभिजन र इन्टरनेसनलमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेल हेर्न छुटाएको छैन”, धामीले भने, “घरपरिवारबाट पनि राम्रो सहयोग मिलेको भएर बस चढेर खेल्न महेन्द्रनगर पुग्छु ।”

    बुबा सशस्त्र प्रहरी बलबाट जागिर छाडेर वैदेशिक रोजगारीमा रहेको उनले बताए । गुलरियाको नगरपालिका र इलाका प्रहरी कार्यालय परिसरमा बाहिर ब्याडमिन्टन कोर्ट छन् । “बाहिर पानी आउने, हावा आउँछ खेल्न गाह्रो हुन्छ”, उनले भने, “अर्को वर्ष काठमाडौँ जाने उतै पढ्ने र खेल्ने सोच बनाएको छु ।”

    गुलरियाको सरस्वती विद्या निकेतनमा कक्षा ७ मा अध्ययनरत धामी पढाइमा समेत अब्बल विद्यार्थी हुन् । ब्याडमिन्टन खेलका माध्यमबाट मुलुककै परिचित खेलाडी बन्ने आफ्नो योजना रहेको धामीको भनाइ छ । जिल्ला ब्याडमिन्टन सङ्घ कञ्चनपुरका उपाध्यक्ष दिलबहादुर धामीले अस्थायी रुपमा प्रशिक्षक यहाँ ल्याउन पहल गरिए पनि माथिल्लो निकायबाट सुनुवाइ नभएको बताए । “कञ्चनपुर ब्याडमिन्टनको उर्वरभूमि हो तर यहाँ प्रशिक्षक खटाउन राज्यले ध्यान दिएको छैन”, उनले भने, “प्रदेशदेखि केन्द्रसम्म पहल गर्यो तर आश्वासन मात्रै पायौँ ।”

    उनले सङ्घले समय-समयमा प्रतियोगिताहरु आयोजना गरेर ब्याडमिन्टनको गतिविधिहरु बढाइरहेको बताए । “यहाँका खेलाडीहरु वल्र्ड र्याङ्किङसम्म पुग्दा पनि एउटा प्रशिक्षक पाउँदैन भने योभन्दा दुःखको कुरो अरू के हुन्छ”, उनले भने, “अहिले खेलाडी प्रशिक्षकविहीन अवस्थामा अभ्यास गर्दैछन् ।”

    शनिबार, माघ २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद २०२६: पदक तालिकामा चीनको अग्रता कायमै
    साम्बा गम्भीर घाइते, करिब एक बर्ष मैदान बाहिर रहने
    चितवन उद्योग वाणिज्य संघमा दुइ दिने कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी तालिम सम्पन्न
    स्टार अलराउण्डर आन्द्रे रसेलको आइपीएलबाट सन्यास
    थाइल्याण्डमा पछिल्लो ३०० सय बर्षकै ठुलो बर्षा, १८ जनाको मृत्यु
    सुदूरपश्चिम रोयल्सले पोखरालाई दियो १९४ रनको लक्ष्य

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.