चितवन । चितवनका बिकर्ण कुमार श्रेष्ठले पानीमा डेढ घण्टासम्म तैरिएर विश्व बुक अफ रेकर्ड राख्न सफल भएका छन् ।यसै वर्षको साउनमा स्कोलास्टिक फाउन्डेसन नेपालले धुलिखेलमा दी स्कोलर्स टक शो २०२१ को आयोजना गरेको थियो । उक्त कार्यक्रममा श्रेष्ठले डेढ घण्टासम्म पानीमा उत्रिएका थिए ।
फाउन्डेसनले आज भरतपुरमा पत्रकार सम्मेलन गरी श्रेष्ठले वल्र्ड रेकर्ड राख्न सफल भएको जानकारी दिएको हो । अन्तराष्ट्रिय मापदण्डको पालना गरी गरिएको कार्यक्रममा श्रेष्ठले दिएको प्रस्तुतीका आधारमा उनले वल्र्ड रेकर्ड राख्न सफल भएका हुन् । विश्व रेकर्डसँगै श्रेष्ठले इन्टरनेशनल बुक अफ रेकर्ड समेत राख्न सफल भएका छन् ।
आत्मविश्वा हुनु पर्यो ।” यो नयाँ किसिमको कीर्तिमान भएको उनको उनको दाबी छ । श्रेष्ठ पेशाले अटो पार्ट्स व्यवसायी तथा बिजुली प्राविधिक प्रशिक्षक हुन् । ४२ वर्षीय श्रेष्ठ लायन्स क्लब अफ रत्ननगरका पूर्वाध्यक्ष तथा रत्ननगर जेसिसका पूर्व महासचिव समेत हुन् ।
