काठमाडौं – नेकपा (माओवादी केन्द्र)का नेता रामनारायण बिडारीले गठबन्धन कुनै हालतमा नटुट्ने दाबी गरेका छन् । क्यानडा नेपाल डटकमसँग कुराकानी गर्दै रामनारायण बिडारीले सो कुरा गरेका हुन् । उनले भने – “कसैले मोटो भैसी मर्देओस् भनेर मर्दैन, किनकी मासु खानेहरुले त्यसो भन्छन् । कुरा केहो भने गठबन्धन फुट्दैन । बुढो भैसी मर भनेर मर्दैन । ”
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भएको आलोचनाको प्रशंगमा बोल्दै उनले उक्त पत्रले नेपाललाई केही नबिगारेको बताए । उनले एमसीसीको बिषयमा आफ्नो पार्टीका सबै नेताको एकमत नै रहेको बताए। उनले प्रचण्डले दुई जिब्रे कुरा नगरेको भन्दै सधै एउटै कुरा गरेको बताए ।
