काठमाडौं – सरकारले दुधको मूल्य बढाए लगत्तै बजारमा पनि मूल्य बढेको छ । यसअघि प्रतिलिटर ७६ रुपैंया रहेको दुधको मूल्य अहिले बढेर लिटरकै ८५ रुपैया कायम भएको छ ।
मन्त्रिपरिषद्को बैठकले दुधको उपभोक्ता मूल्य बढाएर प्रतिलिटर ८५ रुपैंया बनाएको हो । उक्त बैठकले दुधको मूल्य १३.१७ प्रतिशतले बढाएर प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको हो ।
