काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र जनमत पार्टीका नेताहरुबीच भेटवार्ता भएको छ । शुक्रबार जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंह गृहमन्त्री खाणलाई भेट गर्न सिंहदरबारस्थित गृह मन्त्रालय पगे ।
उक्त भेटमा गृहमन्त्रीसँग चौधरीले शान्ति पूर्णरूपमा आन्दोलनमा आफ्ना पार्टीका नेता कार्यकर्ता गिरफ्तार भएको जनाउँदै उनीहरुले रिहाइका लागि माग गरे ।
उनीहरुले शान्तिपूर्ण आन्दोलनमा लगाइएको मुद्दा फिर्ता गर्न र गिरफ्तार गरिएका नेता कार्यकर्ताको रिहाका लागि गृहमन्त्री खाणसँग माग गेको गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए । गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा र मौलिक अधिकार प्रत्याभूत गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै घटनाको यथार्थ बुझ्ने विश्वास दिलाएका छन् ।
