• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

चितवनका नेता कार्यकर्ताले मेरो नेतृत्व खोजिरहनुभएको छ : रामप्रसाद न्यौपाने


  •   शुक्रबार, फागुन ०६, २०७८ मा प्रकाशित
  • चितवन । नेकपा एमाले चितवनको दसौँ जिल्ला सम्मेलन सुरु भएको छ ।  सम्मेलनले ३ वर्षको लागि नयाँ कार्यसमिति चयन गर्दैछ । एमालेको जिल्ला अध्यक्षमा दाबेदारी गर्नेहरूमध्ये रामप्रसाद न्यौपाने बलिया उम्मेदवारका रुपमा देखिएका छन् । २०३४ सालमा माडीमा जन्मिएका न्यौपाने २६ वर्षदेखि नेकपा एमालेको पूर्णकालिन कार्यकर्ताको रूपमा कार्यरत छन् । राजनीतिसँगै समाजसेवासमेत गर्दै आएका न्यौपाने विभिन्न सामाजिक संघसंस्थामा बसेर क्रियाशील छन् । चितवनको माडीमा तत्कालिन माओवादीले गराएको चर्चित बाँदरमुढे बम काण्डका गम्भिर घाइतेहरुका पहिलो उद्दारकर्ता न्यौपाने नै हुन् । नेकपा एमाले भित्र युवा पुस्ताको आशा बनेका उनी अग्रजले विश्वास गर्न सक्ने भरोसायुक्त रोजाइ पनि हुन् । नेकपा एमाले चितवन हाँक्न तत्पर रहेका न्यौपाने एमाले चितवनमा आफ्नो उम्मेदवारीको दाबेदारी यसरी प्रस्तुत गर्छन्:

    Advertisement

    म २०३४ साल असार १२ गते माडीको तत्कालिन कल्याणपुर गाविस हाल माडी नगरपालिका ७ मा जन्मिएँ । मेरो परिवार पहिलेदेखि नै राजनीतिक थियो । दाइ अखिल पाचौँको नेता हुनुहुन्थ्यो । त्यसैले हाम्रो परिवार सँधैजसो प्रहरी प्रशासनको नोटिसमा परिरहने । पटक पटक प्रहरीले घरमै आएर दिने धम्कीले, दबाबले होला ममा पनि विस्तारै पञ्चायत विरोधी मानसिकता पर्दै गएछ ।

    म त्यो समयमा माडीको हरीनगर माध्यामिक विद्यालयमा पढ्थेँ । पञ्चायतले जनताले रैती ठान्ने परम्पराको विरोध बाल मस्तिष्कदेखि नै पार्न होला स्कुल तहमा नै अखिल नेपाल विद्यार्थी युनियनका संगठनहरु निर्माण हुन्थे त्यो बेला । म पनि कक्षा ५ मा पढ्दादेखि नै तत्कालिन बाल अखिलमा संगठित भएँ ।

    कक्षा ६ मा पढ्नेबेला २०४६ सालको जनआन्दोलन सुरु भयो । पञ्चायत फाल्नैपर्छ भन्ने मानसिकता थियो । म हरीनगर विद्यालयमा नै सहप्रारम्भिक कमिटीमा आवद्द थिएँ । त्यहीबाट माडीमा नै फूच्चे कमरेडको रुपमा जनआन्दोलनमा सहभागी भएँ ।

    यसरी बढ्यो राजनीतिक यात्रा

    एक किसिमले भन्दा ममा बाल्यकालदेखि नै राजनीतिक चेत आउन थाल्यो । कक्षा ५ मा पढ्दादेखि नै संगठनको अनुभव हुन थाल्यो । त्यसपछि आजसम्म कम्युनिष्ट (एमाले) को राजनीतिक मूलधारबाट बाहिर गएको छैन ।

    म सह प्रारम्भिक कमिटी हुँदै अनरेरास्ववियु प्रारम्भिक कमिटीको दुई पटक इलाका अध्यक्ष भएँ । माडीबाट माध्यामिक तहको अध्ययन पूरा गरेपछि २०५१ सालमा उच्च शिक्षाको लागि भरतपुर आएँ, अनेरास्ववियु जिल्ला कमिटीमा आवद्द भएँ ।

    २०५१ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्य र २०५२ सालमा पनि जिल्ला कमिटी सदस्यकै रुपमा जिम्मेवारी निभाएँ । २०५३ मा भएको जिल्ला अधिवेशनले मलाई सचिवको जिम्मेवारीमा ल्यायो । पार्टीमा निरन्तर आवद्दता देखेर होला मलाई २०५३ सालदेखि नै पार्टीले पूर्णकालिन कार्यकर्ता बनायो ।

    त्यसपछि २०५५ साल र २०५६ साल गरि दुई पटक अखिलको जिल्ला अध्यक्ष भएँ । अखिलमा रहँदै २०५५ सालमा पार्टीको गाउँ कमिटी इन्चार्ज थिएँ । २०५७ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य र नारायणी अञ्चल इन्चार्ज भएँ । २०५९ सालदेखि पार्टीको क्षेत्रीय कमिटीमा रहेर काम गरेँ ।

    २०६३ को जिल्ला अधिवेशनबाट जिल्ला कमिटीमा निर्वाचित भएँ । पार्टी एकताबाट नेकपा भएपछि भरतपुर महानगरको अध्यक्ष भएँ । हाल एमाले जिल्ला सचिवालय सदस्य र बागतमी प्रदेश सदस्यको भूमिकामा छु ।

    पुराना पुस्ता र नयाँ पुस्तालाई जोड्नु मुख्य जिम्मेवारी

    हामी पार्टीको दसौँ जिल्ला सम्मेलन भव्यताका साथ गर्दैछौँ । यो सम्मेलनबाट जिल्लाको नेतृत्व लिनेगरि अघि बढ्न तयार भएको छु । २६ वर्षदेखि नेकपा एमालेको पूर्णकालिन कार्यकर्ता भएर अघि बढ्दा मैले म भन्दा माथिल्ला पुस्ता जसले पार्टीलाई अघि बढाउन भूमिगत राजनीतिक जीवन बिताउनुभयो, उहाँहरुसँग काम गरेको छु । सँगै अनेरास्ववियुमा रहेर युवा पंति जो तत्काल ‘एक्सन’ चाहन्छन् उनीहरुसँग पनि काम गरेँ ।

    यसहिसाबले भन्दा म हामीभन्दा सिनियर र युवा दुबै तहका नेता कार्यकर्ताको मनोभाव बुझ्न सक्छु ।  हाम्रो पार्टीमा तत्कालको आवश्यकता सिनियर र युवा वर्गको मनोभावना बुझेर उनीहरुबीच समन्वय गर्नु हो । मसँग दुबै पुस्तालाई सम्मान र जिम्मेवारी दिएर अघि बढ्न सक्ने नीति र योजना छ ।

    हुन त मलाई अहिल्यै जिम्मेवारी लिनको लागि महत्वकांक्षी भयो भन्ने टिप्पणी पनि सुनिरहेको छु । राजनीतिमा सबैभन्दा महत्वपूर्ण पक्ष सुझबुझपूर्ण नेतृत्व र शिघ्र निर्णय क्षमता हो । चितवनमा अहिले १६ हजार पार्टी कार्यकर्ता छन् । हामी एक वर्षभित्रमा २५ हजार पार्टी कार्यकर्ता पुर्याउनुपर्ने जिम्मेवारीमा छौँ । मैले जिल्लामा बसेर पार्टीको हरेक अप्ठ्यारोमा मूल पंतिमा बसेर काम गरिरहेको अनुभवबाट पनि भन्छु मसँग नेतृत्व गर्ने क्षमता छ ।

    अर्को मुख्य कुरा राजनीति उमेरले गर्ने विषय होइन । समयको आवश्यकताले राजनीतिले डोर्याउने रहेछ । यो कुरा अहिलेको हाम्रो जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य पार्वती रावलको नेतृत्वले पुष्टि गरिसकेको छ ।

    हुन त चितवनमा मेरा सिनियर नेतृत्वहरु कृष्ण भूर्तेल, तेजेन्द्र खड्का लगायतका कमरेडहरु अध्यक्षको आकांक्षी हुनुहुन्छ । उहाँहरु जिल्ला नेतृत्वमा आउन इच्छा देखाउनु स्वभाविक हो । विशेष गरेर भूर्तेल कमरेडले केन्द्रमा पनि इच्छा देखाउनुभएको थियो । त्यहाँ परिवेश मिलेन र जिल्लामा पनि आकांक्षा देखाउनुभएको छ । विशेष गरेर उहाँहरुलाई हाम्रो पार्टीले यसअघि पनि जिम्मेवारी दिएको छ । भूर्तेल कमरेडलाई कहिले गाविस अध्यक्ष, कहिले मध्यवर्तीको अध्यक्षको जिम्मेवारी हुँदै प्रदेशको सांसद बनाएको छ । उहाँहरुलाई सम्मान नगर्ने भन्ने कुरा हुँदैन । अब माघ ८ गते प्रदेश अधिवेशन पनि गर्दैछ । उहाँहरुलाई प्रदेशमा पनि जिम्मेवारी दिन सकिन्छ ।

    जिल्लाको मूख्य कार्यकारीका जिम्मेवारीको सम्बन्धमा समय पनि दिन सक्ने र छिटो निर्णयर एक्सन पनि लिन सक्ने व्यक्ति कार्यर्ताहरूले खोज्नुभएको छ । किनकी हाम्रो पार्टीलाई पटक पटक आक्रमण भएको छ । यो परिवेशमा निर्णय क्षमता, गतिशिलता भएको र नयाँ र पुराना पुस्तालाई संयोजन गर्न सक्ने हिसाबले नेतृत्वलाई अघि बढाउन सकिएन भने हाम्रो आन्दोलन कमजोर बन्न सक्छ । त्यसैले कार्यकर्ताले मलाई अघि बढ्न अनुरोध गर्नुभएको हो ।

    पार्टी बलियो बनाउन मेरो योजना

    मलाई जिल्ला जिल्ला दह्रो ढंगले अघि बढाउने धोको छ । पार्टी दह्रो बनाउन मूल नेतृत्व कस्तो बन्छ भन्ने महत्वपूर्ण हो ।उमेरको कुरा त हाम्रो पार्टीको जिल्ला अध्यक्ष अहिले केन्द्रीय सदस्य भइसक्नुभएको पार्वती जीको नेतृत्वले खण्डित गरिसकेको छ । अबको मुख्य पाटो एमालेको वडा तहमा बसेर नेतृत्व गरिरहनुभएको अग्रज र पार्टीको नीति मन परेर होमिनुभएका युवा पुस्ताबीच समन्वय गर्नु हो । नेतृत्वले जुनियरलाई हेप्ने सिनियरलाई सम्मान नगर्ने हो भने पार्टी बन्दै बन्दैन ।

    सिनियर र जुनियरको व्यवस्थापन अहिले पार्टीको मूख्य आवश्कयकता हो ।  एमाले युवाहरुको आशाको केन्द्र पनि हो । हामीले केन्द्रीय अध्यक्ष आदरणीय पूर्वप्रधानमन्त्री केपी ओलीले लिनुभएको विकास र समृद्धिको ऐजेण्डालाई रफ्तारमा अघि बढाउनु छ ।

    समस्यामा परेका कार्यकर्ताको व्यवस्थापन पनि मेरो मुख्य जिम्मेवारीमा लिएको छु ।  जहाँ समस्या छ त्यहाँ एमाले छ भन्ने सन्देश दिने गरि काम गर्ने अहिले मुख्य काम हो । म वडा, टोलसम्म पुग्न चाहन्छु । बेरोजगार, बिरामी, प्रशासनिक समस्या, सरकारी सेवाको असन्तुलनमा रहनुभएका पार्टीका कार्यकर्तालाई सहयोग गर्नेगरि पार्टीको नेतृत्व गर्न चाहन्छु । पार्टीलाई एक ढिक्का बनाउन वैचारिक अभियान चलाउने, पार्टी स्कूल चलाउने पनि मेरो ऐजेण्डा हो ।

    यो रुपान्तरित एमाले पनि हो । हामी कमरेड बादलसहितको माओवादीको एउटा  ठूलो पंक्ति एमालेमा सहभागी छ । अर्कोतर्फ बीचमा केही अलमलमा पर्नुभएका नेता कार्यकर्ताको पंक्ति पनि हामीसँग छ । रूपान्तरिक एमालेमा हामी सबै कार्यकर्तालाई कुनै न कुनै जिम्मेवारीमा व्यवस्थापन गरेर अघि बढ्छौँ । पार्टीभित्र कोही पाखा पर्नुपर्ने, जिम्मेवारी बिहीन हुनुपर्ने अवस्थाको सिर्जना नै हुँदैन ।

    प्रतिनिधिहरू नै मेरो नेतृत्व खोजिरहनुभएको छ

    अहिले जिल्ला सम्मेलनको लागि आयोजक र प्रतिनिधि गरि लगभग एक हजार ५ सय ५० जना प्रतिनिधि छनौट हुनुभएको छ । सामाजिक सञ्जाल, टेलिफोन, भौतिक भेटघाट लगायतका माध्यमबाट म उहाँहरुसम्म पुगिरहेको छु । हामी पार्टी जीवनमा सँगसँगै भएकोले उहाँहरू आफैले चासो दिएर तपाईँ नै हो हाम्रो नेता भनिराख्नुभएको छ । कसैले टेलिफोन गरेर भन्नुभएको छ, कसैले सामाजिक सञ्जालमार्फत त कसैले भेटेर नै मेरो नेतृत्व खोजिरहनुभएको छ ।

    मेरो २६ वर्षे पूर्णकालिन राजनीतिक गतिविधी आम नेता र कार्यकर्ताहरुले नै नियालीरहनुभएको छ । मैले मेरो जीवन नै राजनीतिमा सर्मपित गरिरहेको छु । आम प्रतिनिधी एबम् कार्यकर्ता पंक्तिले नै मेरो पार्टी प्रतिको योगदानलाई देखिरहनुभएको छ । मूल्याङ्कन उहाँहरुले पक्कै गर्नुहुनेछ  भन्ने विश्वास लिएको छु ।

    शुक्रबार, फागुन ०६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शब ब्यवस्थापनमा स्वयंसेवकको रुपमा खटिदा गर्दा जे देखेँ र भोगेँ, त्यो जीवनभर बिर्सन सक्दिनँ।
    ६५५ मत पाएका ऋषि धमलाको चुनावी खर्च १२ लाख ६५ हजार
    बालेन पत्नी सबिना झापा-५ मा चुनावी प्रचारमा
    काँग्रेसका १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यको निर्वाचन हुने
    प्रधानमन्त्री कार्कीले भनिन्: दिल्ली विस्फोटबाट स्तब्ध छु, दु:खको घडीमा नेपाल भारतको साथमा छ
    शंकर पोखरेलको घरबाट डेराको यात्राको अनुभूती

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.