चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ६ वर्षीया नाबालिकालाई जबरजस्तीकरणी गर्ने एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका २ आँपटारीका ३६ वर्षीय जीवन पौडेल रहेका छन् ।
पौडेललाई स्याङ्जा घर भई हाल भरतपुर २ मा डेरा गरी बस्ने ६ वर्षीया नाबालिकालाई जबरजस्तीकरणी गरेको अभियोगलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार पौडेलले फागुन ४ गते बिहान नाबालिकालाई डेरामा बसिरहेको अवस्थामा नै जबरजस्तीकरणीको प्रयास गरेका थिए ।
पीडितको आफन्तले ६ गते प्रहरीलाई उजुरी दिएको डिएसपी अधिकारीले बताए । उजुरीका आधारमा पौडेललाई ७ गते दिउँसो पक्राउ गरिएको उनले जानाकारी दिए । पक्राउ परेका पौडेलमाथि जिल्ला अदालतबाट म्याद अनुमती लिई अनुसन्धान गरिरहेको उनले बताए ।
