• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

  • १०. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

अर्ना स्थानान्तरण गर्न पहल गरिने


  •   मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित
  • चितवन : वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले अर्ना स्थानान्तरणका लागि आवश्यक पहल गर्ने बताउनुभएको छ । चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना राखिएको (खुला खोर) क्षेत्रको सोमबार स्थलगत अवलोकनपछि उहाँले वन्यजन्तु संरक्षणका लागि मन्त्रालय गम्भीर रहेको बताउनुभयो ।

    Advertisement

    वंश विस्तारका लागि भन्दै २०७३ माघमा कोसीटप्पु वन्यजन्तु आरक्षण र सदर चिडियाखाना काठमाडौँबाट १५ वटा अर्ना चितवन ल्याएकोमा अहिले तीनवटा मात्र जीवित रहेका छन् । बाढीले बगाउने तथा बाघले खाएर अहिले तीनवटा बाँकी रहेका हुन् । वंश विस्तार गर्ने भने पनि ल्याएका अर्ना नै मासिने डर भएपछि निकुञ्जले मन्त्री यादवलाई अर्नाको अवस्थाको विषयमा जानकारी गराएको थियो । मन्त्री यादवले कोसीटप्पु आरक्षणमा रहेका अर्नालाई विभागमार्फत ल्याउन पहल गर्ने जानकारी दिनुभयो ।

    चितवन राष्ट्रिय निकुञ्जको मात्र नभई देशैभरका निकुञ्ज आरक्षण क्षेत्रलगायतका स्थानमा रहेका वन्यजन्तु संरक्षणका लागि प्रभावकारी कार्य गर्ने भन्दै उहाँले वन र वन्यजन्तुको कारण पर्यटक आउने, जैविक विविधतासँगै नेपालीको पहिचान स्थापित हुने भएकाले वन र वन्यजन्तुको संरक्षणमा जोड दिनुभयो ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले निकुञ्जमा रहेका वन्यजन्तुको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै कोसीटप्पुबाट अर्ना ल्याउन पहल भइराखे पनि अहिले काम भई नसकेको बताउनुभयो । वन्यजन्तु विभागमार्फत चितवनमा थप अर्ना ल्याउने तयारी रहेको छ, उहाँले भन्नुभयो, “यहाँ भएका कमी–कमजोरीलाई सुधार गर्दै वंश विस्तारका लागि ल्याउने योजना छ । ”

    मन्त्री यादवले सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष, वन्यजन्तु अस्पताल, सङ्ग्रहालयलगायतको निरीक्षण गर्नुभयो । सङ्ग्रहालयमा रहेका अखोटोपहारसहित प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभाव रहेको छ, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख बाबुराम लामिछानेले भन्नुभयो । त्यस्तै वन्यजन्तु अस्पतालमा उपचार गराइएका जनावरलाई ठीक नहुँदासम्म राख्नका लागि स्थान अभाव भएको बारेमा जानकारी गराएका छौँ, उहाँले भन्नुभयो । एक वर्ष अगाडिबाट सञ्चालनमा आएको वन्यजन्तु अस्पतालमा बिरामी भएका र अपाङ्गता भएका जनावरलाई लामो समयसम्म राख्न समस्या भएको उहाँले बताउनुभयो ।

    यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

    मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.