• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ४. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

मन्त्री आले आफै खटिय पशुपतिनाथ सिंगार्न


  •   मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित
  • काठमाडौँ – पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप भित्तामा भगवान्का चित्र बनाएर आकर्षकरुपमा सजाउन थालिएको छ ।

    Advertisement

    पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव, पार्वतीलगायत देवीदेवताका चित्रले आकर्षक चित्र बनाएपछि देखिन थालेको छ । विभिन्न स्थानमा रङरोगन पनि गर्न थालिएको छ । पशुपति क्षेत्रमा साधुसन्तको आगमन हुन थालिसकेको छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा साधुसन्तका समूह बसेको देखिन्छ । हंसमण्डप क्षेत्रमा आगन्तुक साधुसन्तका लागि भोजनको व्यवस्था गरिएको छ ।

    पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको कार्यक्रममा महाशिवरात्रि पर्व व्यवस्थापनका लागि तीव्र गतिमा तयारीका काम भइरहेको जानकारी गराइएको छ । पर्व व्यवस्थापनका लागि कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा २५१ सदस्यीय मूल समिति गठन गरिएको जानकारी गराइएको छ ।

    पशुपतिमा कुदृष्टि लगाउनेलाई राम्रो हुँदैन : मन्त्री आले

    कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले महाशिवरात्रि पर्व व्यवस्थापन तयारीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिए । पशुपति क्षेत्रमा धार्मिक पर्यटकका लागि सबै सुविधा हुने गरी व्यवस्थापन गर्न मन्त्री आलेले कोषका पदाधिकारीलाई निर्देशन दिए । पशुपति क्षेत्रमा सफाइ गर्न, शौचालयको राम्रो प्रबन्ध गर्न पनि उनले पदाधिकारीको ध्यानाकर्षण गराएका छन् ।

    पशुपति क्षेत्रको सम्पत्तिमा कुदृष्टि लगाउनेलाई राम्रो नहुने बताउँदै मन्त्री आलेले नेपाल–भारतमैत्री पशुपति धर्मशालालाई सहीरुपमा व्यवस्थापन गर्ने बताए । धर्मशालामा महाशिवरात्रिमा आउने भक्तजनको व्यवस्थापनका लागि आगामी वर्षदेखि काम गरिने जानकारी दिए ।

    कोषका सदस्य सचिव डा मिलनकुमार थापाले पशुपति क्षेत्रमा यस वर्ष बिजुली बत्ती र फूलमालाले विशेषरुपमा सजाएर आकर्षक बनाउन लागिएको बताए । भित्तामा बनाइने देवीदेवताका चित्र पनि भक्तजनको आकर्षक केन्द्रका रहने उनको भनाइ थियो ।

    महाशिवरात्रिको तयारीमा १० उपसमिति

    समितिअन्तर्गत १० वटा उपसमिति गठन गरेर तयारीका काम तीव्र गतिमा भइरहेको छ । सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था, साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था, वातावरण तथा सरसफाइ जुत्ता चप्पल व्यवस्था उपसमिति गठन गरिएको छ ।

    यसैगरी स्वास्थ्य सेवा, मेला बजार तथा साजसजावट, स्वयंसेवक परिचालन र तथ्याङ्क तथा मूल्याङ्कन व्यवस्था गरी १० उपसमिति गठन गरी महाशिवरात्रिको तयारी पनि सुरु गरिएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । कोरोना महामारीको तेस्रो लहर सुरु भएसँगै माघ ५ गतेदेखि सर्वसाधारणका लागि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर माघ २८ गते शुक्रबारदेखि खुला गरिएको थियो ।

    मूल समितिअन्तर्गत गठन भएका उपसमितिले कामलाई तीव्रता दिएका छन् । सुरक्षा उपसमितिले बुधबार बैठक गरेर तयारीलाई अन्तिमरुप दिने जनाएको छ ।

    धुनी जगाउन ३३ हजार किलो दाउरा

    यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ । महाशिवरात्रिमा देश विदेशबाट भक्तजनको पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तको खाने, बस्ने एवं धुनीका लागि दाउराको व्यवस्था परम्परादेखि नै गुठी संस्थानले गर्दै आएको छ । यस वर्ष साधुसन्तका लागि धुनी जगाउन ३३ हजार किलो दाउराको व्यवस्था गरिएको संस्थानका अध्यक्ष पुण्यप्रसाद भुसालले जानकारी दिए ।

    संस्थानले धुनीका लागि पशुपति क्षेत्रका निर्मल, भष्मेश्वर, राममन्दिर, श्रीगोरखनाथ (मृगस्थली), अन्नपूर्णलगायत अखडामा दाउराको व्यवस्था गर्नेछ । यसैगरी नागाबाबाका लागि भने पशुपतिनाथको मूल मन्दिर परिसरमै धुनीको व्यवस्था गरिने जनाइएको छ ।

    संस्थानले साधुसन्तको बिदाइका क्रममा गत वर्षभन्दा पारदर्शीरुपमा काम गर्ने पशुपति गोश्वारा कार्यालय प्रमुख सुशीला शर्मा घिमिरेले बताए । गत वर्षसम्म एकै जना साधुले मेरो समूहमा ३० जना छन् भनेपछि समूहकै दक्षिणा दिइन्थ्यो । यस वर्ष भने स्थलगतरुपमा अनुगमन गरेर व्यक्ति, व्यक्तिलाई दक्षिणा दिने व्यवस्था मिलाइएको छ ।

    महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तलाई तहअनुसार दक्षिणा दिने व्यवस्था परम्परादेखि रही आएको छ । यस वर्ष संस्थानले वरिष्ठ महन्तसँग अन्तक्रिया एवं सम्मान कार्यक्रमसमेत आयोजना गर्ने भएको छ । यस्तो कार्यक्रम पहिलोपटक गर्न लागिएको संस्थानका अध्यक्ष भुसालले बताए ।

    कोरोना महामारी कम भएकाले यस वर्ष महाशिवरात्रिमा पशुपति क्षेत्रमा सात हजार साधुसन्त आउने संस्थानको अनुमान छ । थापाथली त्रिपुरेश्वर क्षेत्रमा जनकपुरस्थित रामजानकी मन्दिरका महन्त रामरोशन दासको नेतृत्वमा सन्तहरु आएर बस्ने संस्थानले जनाएको छ ।

    महाशिवरात्रिका अवसरमा यस वर्ष थापाथली क्षेत्रको वैरागी अखडाले तीनदिने महायज्ञको आयोजना गर्ने भएको छ । जानकी मन्दिरका महन्त रामरोशन दासको नेतृत्वमा पहिलोपटक महायज्ञ गर्न लागिएको हो । यज्ञ फागुन १५ गते सुरु भई फागुन १७ गते महाशिवरात्रिका अवसरमा समापन गर्ने तयारी भएको छ ।

     

    थापाथली त्रिपुरेश्वर क्षेत्रका वैरागी, उदासी, सन्यासी र गोरखनाथ अखडामा आउने साधुसन्तका लागि संस्थानको केन्द्रीय कार्यालयले नै बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गर्ने भएको छ । यस क्षेत्रका अखडामा आउने साधुसन्तका लागि पनि संस्थानले परम्परादेखि नै खाने, बस्ने एवं धुनीको व्यवस्थापन गर्दै आएको छ । रासस

    मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ४.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.