चितवन अटोमोइल्स एशोसिएसनको २९औं स्थापना दिवसको अवसरमा “रक्तदान जिवनदान, रक्तदान महादान” भन्ने मुलमन्त्रलाई आत्मासाथ गर्दै चितवन अटोमोवाइल्स एशोसिएसन र अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्था लि.को संयूक्त आयोजनामा “खुल्ला रक्तदान कार्यक्रम” मिति २०७८ फाल्गुन ११ गते, बुधबार भरतपुर–१० मा भमनपा–का वडाध्यक्ष श्री अरुण पिडित भण्डारीको प्रमुख आतिथ्यता, चितवन अटोमोवाइल्स एशोसिएसनका संस्थापक अध्यक्ष श्री निरकुमार पियाको विशिष्ठ आतिथ्यतामा ७४जना पुरुष र ७ जना महिला गरि जम्मा ८१जनाले रक्तदान गरी सु–सम्पन्न गरियो ।
चितवन अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष श्री कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अटोमोवाइल्स बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष भिमलाल न्यूरेले स्वागत मन्तव्य दिनुभएको थियो । चितवन अटोमोवाइल्स एशोसिएसनका दृतिय उपाध्यक्ष श्री राजेन्द्र भट्टराई र अटोमोवाइल्स साकोसका सदस्य श्री दिपककुमार रानाभाटले संयोजन गर्नुभएको सो कार्यक्रम एशोसिएसनका सचिव श्री भिम प्रसाद सुवेदीले संचालन गर्नुभएको थियो ।
चितवन अटोमोइल्स एशोसिएसनको २९औं स्थापना दिवसको अवसरमा – रक्तदान कार्यक्रम सम्पन्न
चितवन अटोमोइल्स एशोसिएसनको २९औं स्थापना दिवसको अवसरमा – रक्तदान कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया
