चितवन । चितवनमा फागुन १३ गतेदेखि सुरु हुने कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनीमा होटल तथा रेष्टुँरामा प्रयोग हुने मेसिनहरुको छुट्टै स्टल रहने भएको छ । चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा हुने प्रदर्शनीमा होटल, रेष्टुँरामा आवश्यक मेसिन प्रदर्शनीका लागि छुट्टै परिसरको व्यवस्था गरिएको छ । सो परिसरमा फुड र वेवरेजका ५० वटा स्टल रहनेछन् ।
ति स्टलहरुमा ५० वटा कम्पनीले होटल तथा रेष्टुँरामा फुड र वेवरेजका लागि प्रयोग हुने मेसिनहरु प्रदर्शनी गर्ने आयोजक मिडिया स्पेसका प्रवन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिए । ति कम्पनीहरुले नयाँ नयाँ मेसिन बारे परामर्श समेत दिने भट्टराईले बताए । यि बाहेक अन्य एक सय वटा स्टल कृषि सम्बन्धी यन्त्रका हुनेछन् ।
प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगले उत्पादन वृद्धि भई मुलुकलाई आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको उनले बताए । १५ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको सबै स्टल बुकिङ भइसकेका छन् ।
