काठमाडौँ । एमाले नेताहरू बालुवाटारबाट बाहिरिइसकेका छन् । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा एमसिसीलगायतको विषयमा छलफल भएको थियो । छलफल सकिएसँगै नेपाली काँग्रेसका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।
बैठकमा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए । छलफलमा भएका कुराहरु बाहिर आइसकेको छैन ।
