काठमाडौं । आज नेप्से परिसूचक ५८.९९ अंकले सेयर बजार घटेको छ । २.१७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६६१.४४ अंकमा झरेको छ ।
आज २ सय २९ वटा कम्पनीको ८४ लाख ९० हजार ६८९ कित्ता सेयर खरिदबिक्री भएको छ । भने ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रूपैयाँबराबरको सेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै सेयर मूल्य हिमालयन जनरल इन्स्योरेन्सको वृद्धि भएको छ । सो कम्पनीको आज १० प्रतिशत सेयर मूल्य वृद्धि भएको हो ।
