काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ४०५ रुपैयाँ पुगेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सोही दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ३९० रुपैयाँ कायम थियो ।
