काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले बढेको छ भने चाँदीको मूल्य प्रतितोला रु ३५ ले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार ८०० मा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु चार हजार ३९० कायम भएको छ।
बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार ३०० मा कारोबार भएको थियो भने चाँदी प्रतितोला रु चार हजार ४२५ मा कायम थियो।
यसअनुसार आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको हो।
