काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेर २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ ।
आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ४ हजार ४४० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
