काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ८०० ले वृद्धि भएको छ । चाँदीको मूल्य पनि प्रतितोला रु १० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार ३०० मा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला रु चार हजार ४२५ कायम भएको छ ।
मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र चाँदी प्रतितोला रु चार हजार ४१५ मा कारोबार भएको थियो ।
बुधबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको हो।
