चितवन । चितवनको रत्ननगर नगरपालिका–३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।
बुधबार बिहान करिब १०ः३० बजे शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–१ निवासी करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११ः०९ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनापछि प्रहरीले ट्रक र ट्रक चालक उदयपुरको रौतामाई गाउँपालिका–९ का ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
