• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

उपाध्यक्षमा मत माग्दै पन्तले भने : युवालाई स्वदेशमै व्यवसाय गर्न प्रेरित गर्नेछु र व्यस्थित बजारका लागि पहल गर्नेछु


  •   सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
  • चितवन । यतिवेला उद्योग वाणिज्य संघ चितवनमा अधिवेशनको सरगर्मी बढ्दो छ । ५५ औँ वार्षिक साधारण सभा सकिएको छ भने अधिवेशनको प्रकृया जारी छन् । सर्वसम्मत नभएका पदहरुमा आफूलाई निर्वाचित गराउन उमेदवारहरुले मत मागिरहेका छन् । सोही मध्येका एक हुन वाणिज्यतर्फ उपाध्यक्षका उम्मेदवार सिरिष पन्त ।

    Advertisement

    उनी उपाध्यक्षका बलिया उम्मेदवार हुन् । उपाध्यक्ष लगायत सर्वसम्मत नभएका पदहरुमा भोलि चुनाव हुँदैछ । सिरिष पन्त युवा उद्यमी हुन् । झण्डै विदेश पलायन भएका उनी चितवनमा स्थापित व्यवसायीको रुपमा परिचित हुँदै उद्योग वाणिज्य संघको सदस्य सहित विभिन्न उपसमिति संयोजक तथा अन्य भूमिकामा रहेर आफ्नो क्षमता प्रष्ट्याइसकेका छन् । झण्डै दुई दशक अघि उच्च शिक्षा हासिल गरेपछि उनीसँग दुई विकल्प थिए । पहिलो पढ्ने वाहानामा विदेश गइ काम गर्ने र पलायन हुने अर्को नेपालमै सेटल हुने ।

    प्रशासनिक पृष्ठभूमिको उनका परिवारले विदेश गएर अध्ययन गर्न सुझाए पनि । उद्योग कलकारखाना, व्यापार व्यसायको पुष्ठभूमि नहुँदा उनलाई पनि परिवारको सुझाव ठिक नलागेको त होइन तर स्वेदशमै केही गर्न सकिन्छ भन्नेमा उनी दृढ रहे । तर परिवारले उनलाई यहाँ गर्न सक्दैनौ भन्नेमै केन्द्रीत रहे । उनले भने,“विदेश जाँदा व्यक्तिगत र परिवारलाई त राम्रै कमाउँथे होला तर यो क्षेत्र र देशलाई चाहिँ के दिन सक्छु त ? भन्नेले बढी सतायो । त्यसपछि परिवारलाई सम्झाएर एक पटक व्यवसाय गर्नलाई मौका मागेँ र असफल भए विदेश जाने दोस्रो विकल्पमा राखेँ ।”

    त्यसपछि पन्तले दुई दशक अगाडि निर्माण सामाग्रीको व्यापार व्यवसायबाट यात्रा सुरु गरे । कुनै एउटा युवा सजिलै व्यवसायमा स्थपित हुन सजिलो नभएको उनको अनुभव छ । प्रशासनिक क्षेत्र तथा सरकारबाट कुनै प्रेरणा नभएको भन्दै उनले धेरै कठिनाइका वीच अग्रजहरुको सल्लाहले अहिले उत्सव इन्टरप्राइजेज, उत्सव टे«डर्स,उत्सव सप्लायर्स प्रालि, नेपाल नेशनल पेन्ट्सका मालिक र भरतपुर आरएमसीमा पनि उनले लगानी गरेका छन् । कुनै समय झण्डै विदेश पलायन भएको युवाले अहिले करिव २ सय जना प्रत्यक्ष रोजगारी दिन सफल भएका छन् ।

    यही सफलता सवै युवा तथा नयाँ पुस्तालाई बाँड्दै पुरानो पुस्तासँगको अनुभवलाई लिँदै उद्योग वाणिज्य संघ हाँक्न उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउँछन्। उनी भन्छन्,“मेरो आँटले २ सय बढीले रोजगारी पाएका छन् । यदी मैले विदेशीएका युवालाई रोकेर मेरो सहयोग र प्रेरणा मिल्यो भने पक्कै धेरै विदेश जानुपदैन । मलाई लाग्छ चितवन र राष्ट्रलाई पनि मैले योगदान दिएको छु ।” यही व्यवसायको सिप, लगानीसँगै आर्जन गरेको ज्ञान बाँड्दै स्वदेशमै सम्भावना देखाउन चार वर्ष अघि उनी कर्पोरेट सदस्यमा निर्वाचित भएका थिए ।

    अहिले उनी दोस्रो कार्यकालमा छन् । यही भोगाइ र अनुभवलाई उपाध्यक्षमा रहेर आफ्नो काम देखाउन उनी चाहान्छन् । सदस्यमा निर्विरोध जिताइदिने अग्रज एवम सवै व्यवसायीहरुलाई उनले यो पटक उपाध्यक्षमा जिताउन अपील गरेका छन् । खाडी र अन्य मुलुक गइरहेका युवाहरुलाई रोक्ने र व्यापार व्यवसायमा प्रेरित गर्न आफू सक्रिय भइ लाग्ने पन्त बताउँछन् । कोरोनाको समयपनि उनले स्वास्थ्य समितिको संयोजक भएर काम गरेका थिए ।

    घरबाट बाहिर निस्कन सक्ने अवस्था नहुँदा उनले व्यवसायीहरुका लागि फ्रन्टलाइनर भएका काम गरे । व्यवसायीहरुको वाध्यतालाई बुझेर राहत वितरण,मास्क,सेनिटाइजर वितरण देखि पसल पसलमा स्टीकर टाँस्ने, माडी, मुग्लिनका अस्पतालमा स्वास्थय सामाग्री सहयोग गरे । उनकै पहलमा व्यवसायीहरुका लागि कोरोना वीमा समेत लिएर आए र रोगको समय आर्थिक टेवा पुर्याएको उनको भनाई छ । काम गर्ने युवा देखेर अग्रजकै सल्लाहमा आफू उपाध्यक्षमा उम्मेदवारी दिएको पन्तले बताए ।

    आगामी दिनमा उनले अहिले बोर्डहरुमा करको विषय उठान भएकोमा बोर्डको लागत भन्दा कर बढी भएको र यसलाई समाधान गर्नुपर्नेमा उनको जोड छ । बजारमा पार्कीङको समस्या अस्तव्यस्त रहेको, बजारबाट झर्नेवित्तिकै यति फोहोर छ की ग्राहक आउन समेत नमान्ने उनी बताउँछन् । यी समस्या समाधानको पहल गर्नपनि आफू उपाध्यक्षमा आउन जरुरी रहेको पन्तले बताए ।

    फोहोर व्यवस्थापन नहुँदा व्यवसायीहरु पनि आक्रान्त भएको उनले बताए । एकतिर करको भारी, त्यसपछि पार्कीङ र फोहोरले आजित भएका व्यवसायीको समस्या समाधानमा आफूले पहल गर्ने पन्तको भनाई छ । ६ महिनादेखि आफूले उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेकाले भोलि हुने चुनावमा विजयी हुने दावी उनको छ ।

    सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.