काठमाडौं – विवादमा आएको गायक प्रकाश सपुतको नयाँ गीत ‘पीर’ बारे नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख खोलेका छन् ।
माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरुले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युबबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला सोमबार धनगढी विमानस्थलमा पत्रकारसँग प्रचण्डले यसबारे प्रतिक्रिया दिएका छन् । उनले भने – ‘मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएको हुँ । अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन ।’
उनले शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्यो भन्ने पनि नरहेको भन्दै जनयुद्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताए । तर, यो विषयमा सयौं वर्षसम्म पनि बहस रहने बताए । उनले तर्क-वितर्क,पक्ष-विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने बताए ।
माओवादी जनयुद्धका कथावस्तुमा तयार पारिएको गीतको भिडियोलाई लिएर सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट चार संगठनले विरोध जनाउदै हटाउन चेतावनी दिएका छन् ।
