• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

ललितपुरविरुद्ध फराकिलो जित निकाल्दै धनगढी शिर्ष स्थानमा


  •   शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित
  • चितवन । राष्ट्रिय महिला लिग फुटबलमा धनगढीले फराकिलो जित दर्ता गरेको छ । आज (बिहीबार) सम्पन्न दोस्रो खेलमा धनगढीले ललितपुरलाई ६–० ले हराएको हो । एकतर्फी खेलमा धनगढीलाई जिताउन कप्तान चन्द्रा भण्डारीले दुई तथा अन्जना थुलुङ राई, ममता पुन, बिर्सना चौधरी र अनिता लम्जेलले समान एक(एक गोल गरे । खेलको नवौं मिनेटमा नै धनगढीले ललितपुरविरुद्ध अग्रता लिएको थियो । धनगढीका लागि अन्जनाले पहिलो गोल गरिन् । १६ औं मिनेटमा चन्द्राले गोल गर्दै धनगढीको अग्रता दोब्बर बनाईन् ।

    Advertisement

    ३९ औं मिनेटमा ममताले गोल गर्दै धनगढीलाई ३–० को अग्रता दिलाईन् । दोस्रो हाफमा धनगढीले ३ गोल थप्यो । ५५ औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गरेपछि धनगढीले ४–० को अग्रता लियो । ६५ औं मिनेटमा बिर्सनाले धनगढीका लागि पाँचौ गोल गरिन् । ७० औं मिनेटमा अनिताले गोल गर्दै धनगढीलाई ६–० को फराकिलो जित दिलाईन् । खेलको प्लेयर अफ दि म्याच धनगढीकी बिर्सना घोषित भईन् । ारी लिगमा धनगढीको यो लगातार तेस्रो जित हो ।

    यस अघि धनगढीले पहिलो खेलमा वालिङलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा चन्द्रपुरलाई २–१ ले हराएको थियो । ललितपुरको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा चन्द्रपुरलाई १–० ले हराएको ललितपुर दोस्रो खेलमा त्रिभुवन आर्मीसँग ७–० ले पराजित भएको थियो । यो जितपछि धनगढी अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा शतप्रतिशत नतिजा निकालेको धनगढीको ९ अंक छ । समान खेलबाट ललितपुरले ३ अंक जोडेको छ ।

    तीन खेलबाट ९ अंक नै भए पनि सशस्त्र प्रहरी बल (एपिएफ) गोल आधारमा दोस्रो स्थानमा छ । यस अघि आजै भएको पहिलो खेलमा एपिएफ एफसीले वालिङलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको थियो । एपिएफको फराकिलो जितमा हालै मात्र चोटबाट फर्किएकी स्टार फर्वाड सावित्रा भण्डारी साम्बा चार गोल गरिन् । यस्तै अनिता केसी, सरु लिम्बु र अनिता बस्नेतले एक(एक गोल गरे । पहिलो हाफमा एपिएफले २ गोल ग¥यो । खेलको २४ औं अनिता केसीले गोल गर्दै एपिएफलाई अग्रता दिलाईन् । वालिङकी गोलकिपरलाई बिट गर्दै अनिताले सहज गोल गरिन् ।

    पहिलो हाफमै एपिएफले अग्रता दोब्बर बनायो । ४० औं मिनेटमा सरु लिम्बुले गोल गर्दै एपिएफलाई २–० को अग्रता दिलाईन् । दोस्रो हाफमा साम्बा मैदान प्रवेश गरेपछि एपिएफले ५ गोल थप्यो । प्रिती राईको स्थानमा मैदान प्रवेश गरेकी साम्बाले ५१ औं मिनेट व्यक्तिगत गोलको खाता खोलिन् । लेफ्ट विङबाट मन्जली योन्जनले निकालेको क्रसमा साम्बाले सुन्दर हेडर गोल गर्दै एपिएफलाई ३–० को अग्रता दिलाईन् । ६६ औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरेपछि एपिएफले ४–० को अग्रता लियो । ७५ औं मिनेटमा आर्मीले पाचौं गोल ग¥यो ।

    अनिता बस्नेतले डिबक्स बाहिरबाट गोल गर्दै एपीएफलाई ५–० को अग्रता दिलाईन् । ७९ औं मिनेटमा साम्बाले हृयाट्रिक गरिन् । ७८ औं मिनेटमा अनिता केसीलाई रिप्लेस गर्दै मैदान प्रवेश गरेकी सबिता राना मगरको एसिस्टमा गोल गर्दै साम्बाले हृयाट्रिक गरेपछि एपिएफले ६–० को अग्रता लियो । लगत्तै ८१ औं मिनेटमा साम्बाले व्यक्तिगत चौथो गोल गर्दै एपिएफलाई ७–० को जित दिलाईन् ।

    खेलको प्लेयर अफ दि म्याच एपिएफकी साम्बा भईन् । लिगमा शनिबार दुई खेल हुनेछ । शनिबार पहिलो खेल दिउँसो १ः१५ बजे एपिएफ र चन्द्रपुरबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४ः१५ बजे धनगढी र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

    शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.