भरतपुर, चैत १९ । अध्ययनसंगै विद्यार्थीहरुको बौद्धिक विकासलाई चुस्त बनाउने उद्धेश्यले अङ्कुरम् एकेडेमी भरतपुरले आज अन्तरविद्यालय पौडी प्रतियोगिता सम्पन्न गरेको छ ।
प्रतियोगितामा चितवनका ९ विद्यालयका २६ विद्यार्थी सहभागि भएका थिए ।
प्रतियोगिता भरतपुरमा रहेको एकेडेमीभित्रैको पौडीपुलमा गरिएको थियो । विद्यार्थीहरुले आँफुसँग क्षमता भएपनि देखाउन नपाएको अवस्थामा उनीहरुलाई हौसला प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको संस्थाका र्कायकारी निर्देशक नवराज पौडेलले जानकारी दिनुभयो ।
प्रतियोगीताको उत्कृष्ट तीनलाई पुरस्कारको पनि व्यवस्था गरिएको थियो । डिजिटल प्रविधिबाट कक्षा सञ्चालन हुने अन्तराष्ट्रिय स्तरको अङ्कुरम् एकेडेमी भरतपुरले अध्ययन मात्र नभई विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन गर्दै आएको श्रद्धा अधिकारीले जानकारी दिनु भयो ।
