महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धन कायम रहिरहने बताएका छन ।
महोत्तरीमा प्राविधिक शिक्षालयको उद्घाटन गर्दै आज (आइतबार) उनले यस्तो बताए। उनले देशभित्र तथा बाहिरका प्रतिक्रियावादीहरुले प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धनलाई भत्काउन खोजे पनि त्यो सफल नहुने बताए ।उनले माओवादीले गरेका राम्रा कामको प्रचार गरेर स्थानीय तहको निर्वाचनमा घर घरमा जानुपर्नेमा समेत जोड दिए ।
माओवादीले स्थानीय सरकारबाट समाजमा विकासको आधार तयार गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले दावी गरे।
