• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

प्रचण्डको छोरी रेनु भन्ने थियो, अहिले रेनुको बुबा प्रचण्ड भएको छ : प्रचण्ड


  •   बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
  • चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोस्रो स्थानीय तहको निर्वाचनमा आइपुग्दा रेनुको बुबा प्रचण्ड भन्ने स्थिति बनेको बताएका छन् । भूमिहिन दलितलाई लालपुर्जा वितरण गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले रेनुको बुबा प्रचण्ड भन्ने भएपछि आफूलाई खुसी लागेको बताए ।

    Advertisement

    अघिल्लो चुनावमा महानगरको निर्वाचन हुँदै गर्दा रेनु दाहाललाई प्रचण्डकी छोरी भन्ने गरिएकामा अहिले रेनुका बुबा प्रचण्ड भन्ने स्थिती बनेको उनले बताए । ‘२०७४ को चुनावमा आउँदा उनको परिचय प्रचण्डको छोरी भन्ने थियो । तर मलाई खुसी छ । अहिले आउँदा अब प्रचण्डको छोरी होइन रेनुको बुबा प्रचण्ड भएको छ’, उनले भने ।

    ‘२०७४ निर्वाचनमा यहाँ रेनु आउँदा सबैले प्रचण्डको छोरी आयो भन्ने गर्थे । प्रचण्डको छोरी । यद्यपि, रेनुको आफ्नै त्याग थियो । आफ्नै तपस्या थियो’, उनले भने, ‘रोल्पा, रुकुम जिल्लादेखि भारतका विभिन्न शहरमा भूमिगत भएर काम गरेको उनको आफ्नै अनुभव थियो ।’

    स्थानीय तहको चुनावमा पनि गठबन्धनलाई सँगै लिएर जाने निर्णय भइसकेको भन्दै उनले आ–आफ्नो ठाउँमा सबैजना लचिलो बन्नुपर्ने बताए । ‘सबैले आफ्नो ठाउँबाट त्याग गर्ने मानसिकता लियो भने असम्भव भन्ने केहि छैन’, उनले भने । सबै लचिलो बन्ने र त्याग गर्न सक्ने भएमा समाजवादमा पुग्न सकिने उनले बताए ।

    प्रचण्डले स्थानीय तहको निर्वाचनको मुखमा भूमिहिन दलितलाई जग्गाधनी पुर्जा वितरण गरेका छन् । उनले भरतपुर महानगरपालिका–२ आँपटारीका ४६ भूमिहिन दलितलाई बुधबार लालपुर्जा वितरण गरेका हुन् ।

    ३० वैशाख ३० गते हुने निर्वाचनको लागि निर्वाचन आयोगले २५ चैतदेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ । आचारसंहिता लागु भएपछि लालपुर्जा वितरणलगायत मतदातालाई प्रभावित पार्ने कार्य गर्न नपाउने भएकाले हतारमा लालपुर्जा वितरण गर्न प्रचण्ड बुधबार चितवन आएका हुन् ।

    भरतपुर-२ मा मात्र ९८ घरधुरी भूमिहिन दलित छन् । भरतपुर महानगरपालिकामा भूमिहिन दलित एक हजार ९७९, भूमिहिन सुकुमबासी तीन हजार ७८५ र अव्यवस्थित बसोबासी पाँच हजार पाँच गरी जम्मा १० हजार ७७७ सुकुमबासी सूचिकृत छन् । बाँकी सुकुमबासीले निर्वाचनपछि मात्रै लालपुर्जा पाउने छन् ।कुलप्रसाद काफ्ले/न्युज कारखाना

    बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.