• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ३. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रत्ननगरमा मेयरका लागि माधव अर्यालको नाम अगाडि


  •   शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित
  • काठमाडौं : आउँदो वैशाख ३० गते स्थानिय तहको चुनावले यतिबेला देशमा राजनितिक माहोल तात्तिदै गएको छ। चुनाव केवल हामीले नेतृत्व चुन्ने विषय मात्र होइन्, आउँदो पाँच वर्षका लागि देशको विकास मोडल कुन गतिमा लैजाने भन्ने विषयको आधारशिला पनि हो।

    Advertisement

    यतिखेर देशभर महानगरपालिकादेखि वडातहसम्म उम्मेदवार घोषणाका विषयले सामाजिक सञ्जाल तातिरहेको छ। यसैबिच मध्य नेपालको चितवनमा पनि चुनावी सरमागर्मीले माहोल तातेको छ। चितवनको पूर्वी क्षेत्र रत्ननगर पालिकामा मेयरका लागि आउँदै छ भन्ने महत्वपूर्ण मानिएको छ।

    यसैबिच यस चुनावमा नेपाली कांग्रेस तर्फबाट मेयरका लागि माधव अर्यालको नाम अगाडि देखिएको छ। अर्याल पुराना नेता भएकाले रत्ननगरमा परिचित अनुहार हो। उनी कांग्रेसको राजनितिमा आउनु अघि नै उनका बुबा तथा दाजुहरू राजनितिमा लागेका थिए। उनी सुनाउँछन्, ‘समाजमा देखिएको असमानता र देशमा रहेको राजतन्त्रले समाजमा देखिउको खाडल पुर्न म पनि बुबा र दाजु जस्तै राजनितिमा लागेको हुँ।’

    अबको यात्रा समृद्धिको यात्रा रहेकाले लामो अनुभव भएका व्यक्ति र युवाहरूको उर्जालाई एकिकृत गर्नुपर्ने उनी सुनाउँछन्। कुराकानीका क्रममा शालीन र भद्र देखिने उनी विचार र आस्था फरक भएपनि फरक पार्टीलाई पनि विश्वासमा लिएर आफ्नो नगरको विकास गर्नेपर्ने बताएँछन्।

    समाजमा वौद्धक र तार्किक व्यक्तिको रुपमा परिचय बनाएका उनले विगतका निर्वाचित कम्युनिष्टहरुले रल्ननगरलाई बेथिति, अव्यवस्थित र भष्ट्राचारको अखडा बनाएकोप्रति दुखेसो पोखे।

    ‘फरक विचार राख्ने बितिक्कै शत्रुताको व्यवहार गर्ने कम्युनिष्टबाट देश बन्न सक्दैन। जबसम्म फरक फरक विचारको सम्मान गरेर सामाजिक विकास हुँदैन, तबसम्म देशको समृद्धको यात्रा सफल हुँदैन’, उनी सुनाउँछन्। उनी आफूलाई मेयर पदको आकांक्षी रहेको सत्यता खुलाउँछन्। यो आफ्नो मात्र माग नभइ, रत्ननगरका वासिन्दालेको साझा माग रहेको उनी सुनाउँछन्।

    रत्ननगरका बासिन्दा के भन्छन्?

    उनको अन्तिम वाक्यपश्चात् हामी रत्ननगरस्थित टाँडी बजारमा स्थानीयहरूसँग कुराकानी गर्न पुगेका थियौं। यसैबिच विगत लामो समयदेखि नेपाली कांग्रेसमा क्रियाशिल र रत्ननगरमा रूचाइएका नेता अर्याललाई यसपटक मेयर पदमा उठाउने कुराले रत्ननगरवासी खुशी देखिन्छन्।

    रत्ननगरमा भेटिएका स्थानीय नयन भण्डारी भन्छन्, ‘मलाई लाग्छ यसपटक मेयर पदका लागि कांग्रेसतर्फबाट माधव अर्याल नै मुख्य दावेदार हुन्।’

    उनले चिनेका अर्याल विकासप्रेमी मात्र नभएर सामाजिक कार्यमा संक्रिय व्यक्ति हुन्। जो लामो समयदेखि लाइमलाइटभन्दा पर बसेर जनतासँग भाइचार निभाइरहेका छन्। उनी सुनाउँछन्, ‘हामीले केवल यस निर्वाचनमा एक नेतृत्व चुन्ने छैनौं। हाम्रो रत्ननगर नगरपालिकालाई सुन्दर र विकसित बनाउन पनि अर्यालको जीत आजको आवश्यक हो भन्ने लाग्छ।

    त्यस्तै टाँडी बजारमा भेटिएका विमर्श सिम्खडाले पनि अर्यालको उपस्थिति रत्न नगरका लागि फलदायि हुन सक्ने सुनाउँछन्। ‘नेपाली कांग्रेसले यसपटक अर्याललाई न्याय दिनुपर्छ। अघिल्लो चुनावमा पनि अर्यालले आफ्नो उम्मेदवारी छोडेर अन्य व्यक्तिलाई सहयोग गर्नुभएको थियो। यसपाली उहाँ मेयर हुनु आवश्यक देखिन्छ।’

    बजारमै भेटिएका सविना गौतमका नजरमा अर्याल लाइमलाइटमा बसेर काम गर्न रुचाउने व्यक्ति हुन्। ‘उहाँले राजनीतिक रुपमा मात्र होइन् सामाजिक कार्यमा पनि एक नागरिकको हिसाबले सम्झन लायक काम गर्नु भएको छ। यसकारण कांग्रेसले यसपाली उहाँलाई मेयर पदमा उठाए जीत पक्का हुन्छ भन्ने लाग्छ’, उनी सुनाउँछिन्, ‘उहाँ अन्य पार्टीमा आबद्ध व्यक्तिको पनि आइडल व्यक्तित्वका रुपमा हुनुहुन्छ भन्ने मलाई लाग्छ।’

    विद्यार्थी जीवनवाट नै सबैले आश गरेका सरल , ईमान्दार क्षमतावान व्यक्तिका रुपमा आफूले चिन्दै आएको उनले सुनाइन्।

    राजनैतिक यात्रा र उनको क्रियाशिलता

    अर्यालले वि.स २०३५ सालबाट नै नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका हुन्।२०४२ सालको सत्याग्रहमा उनको सहभागीता रहेको थियो। निरंकुश पञ्चायती व्यवस्था विरुद्धको जनआन्दोनमा उनी कयौंपटक घाइते भएका थिए। उनी सम्झिन्छन्, ‘ राज्यले जनतामाथि गरेको तानाशाहि प्रवृत्तिविरुद्ध लड्न जरुरी थियो। घाइते पनि भइयो तर, ठूलो कुरा त हामीले पञ्चायत ढालेर बहुदल ल्याउन सफल भयौं।’ २०५१ सालमा नै साबिक क्षेत्र नं २ चितवनका सचिवका रुपमा काम गरेका थिए। उनी रत्ननगर-७ को निर्वाचित संस्थापक वडा अध्यक्ष समेत हुन् । त्यस समयमा उनले रत्ननगर नगर पालिकामा नेपाली कांग्रेसको तर्फबाट प्रतिपक्षको नेतृत्व गरेका थिए।

    पार्टीको काममा अनवरत खटिएका उनी साविक क्षेत्र नं २ को २०६४ सालमा निर्वाचित सभापति बने। भने त्यसअघि नेपाली कांग्रेस चितवनको पूर्व जिल्ला सदस्य समेत रहेका उनी जनआन्दोलन २०६२, २०६३ मा सक्रिय रहे। माओवादी थालेको शसस्त्र जनयुद्धमा उनी र उनको परिवारलाई माओवादीले निशाना बनाएको थियो। जसले गर्दा उनी चितवनबाट विस्थापित बनेका थिए।

    के चाहन्छन् अर्याल?

    हामीले भेटेका स्थानीयहरूले अर्यालप्रति विश्वासप्रति अर्याल स्वंयपनि खुशी देखिन्छन्। उनी भन्छन्, ‘उहाँहरूको विश्वास मेरा लागि अमूल्य सम्पत्ति हो। मेयर उम्मेदवारी मेरालागि दोस्रो कुरा हो। पहिलो कुरा के हो भने म जनताको मनमा बस्न चाहन्छु।’

    उनी मेयरका लागि योग्य मान्छे हुन्। के उनी आफैपनि मेयरका लागि तयार छन्? उनले मेयर भएपछि गर्ने कामको योजना कसरी बनाएका छन् त?

    पंक्तिकारको प्रश्नमा उनी सुनाउँछन्, ‘जनताको माझमा रहेकाले मेयरका लागि आकांक्षी हुनु स्वभाविक हो। पार्टीमा क्रियाशिलता, विगतमा पार्टीले दिएको जिम्मेवारी इमान्दार पुरा गरेको हुनाले म मेयरका लागि क्षमता भएको व्यक्ति हुँ।’ उनी मेयर बनेपछि रत्ननगरमा रहेको जातीय तथा सामाजिक विभेदको अन्त्य गर्दै सामुदायिक सद्भाव कायम गर्ने मुख्य लक्ष्य रहेको सुनाउँछन्।

    नेपाल त्यसमाथि चितवन पर्यटनको लागि महत्वपूर्ण हब हो। पर्यटन विकासका लागि पूर्वी चितवनलाई एउटा पर्याटकीय हवको रुपमा विकास गर्दै सौराह,सिराईचुली, परेवाकोट,राप्ती, बुढी राप्ती, लौरिघोल, बुढी कुलो, खगेरी खोला, कयर खोलालाई व्यवस्थित बनाउदै पैदय यात्रा, साइकल लेन, नदी नियन्त्रण विषयमा उनले विशेष काम गर्नुपर्ने बताउँछन्। ‘अन्नका लागि चितवन उर्वर भूमि हो। यसलाई चाहिने आवश्यक मल खाद र सिँचाईको उचित व्यवस्थापन गरी बजारको राम्रो व्यवस्था गरी कृषि उपजमाफर्त रत्ननगरलाई समृद्ध बनाउने मेरो पाँच वर्षे योजना छ’, उनी आफ्नो भावि रणनिति सुनाउँछन्। उनले वृद्धवृद्धाहरुको लागि योगदानमा आधारित बीमा र पेनशन मार्फत सेवा सुविधा उपलब्ध गराउने आफ्नो लक्ष्य रहेको सुनाए।

    शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ३.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.